गुल्मी, जेठ १: गुल्मी जिल्लाका १२ वटा स्थानीय तह मध्ये आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा कम बेरुजु मालिका गाउँपालिकामा देखिएको छ भने सबै भन्दा बढि प्रतिशतमा गुल्मीदरबार गाउँपालिका र रकममा रेसुङ्गा नगरपालिकाको देखिएको छ। वैशाख ३१ मा महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार मालिका गाउँपालिकामा जम्मा ३१ लाख १६ हजार बराबरको बेरुजु देखिएको हो।
जुन कुल बजेटको ०.२५ प्रतिशत मात्रै रहेको छ। यो जिल्लाका १२ वटा पालिका मध्ये सबै भन्दा कम हो। त्यस्तै प्रतिशतमा बढि बेरुजु हुने गुल्मीदरबार गाउँपालिकामा २ करोड ४२ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ। उसको कुल बजेटको २.१६ प्रतिशत बेरुजु रहेको हो। त्यस्तै रकममा सबैभन्दा बढि रेसुङ्गा नगरपालिकामा २ करोड ६८ लाख १६ हजार रुपैयाँ १.८२ प्रतिशत बेरुजु गएको हो। त्यस्तै चन्द्रकोट गाउँपालिकाको २ करोड २७ लाख ७७ हजार रुपैयाँ बेरुजु निस्केको छ। जुन १.९५ प्रतिशत बेरुजु रकम हो।
त्यस्तै इस्मा गाउँपालिका पनि ठुलो रकम बेरुजु निस्किने पालिकामा परेको छ। उसको १ करोड २५ लाख ८९ हजार रुपैयाँ बेरुजु निस्केको छ। जुन कुल रकमको १.१६ प्रतिशत बेरुजु हो। ति पालिका पछि बढि रकम बेरुजु हुनेमा मुसिकोट नगरपालिका परेको छ। उसको १ करोड २० लाख, कुल बजेटको १.१४ प्रतिशत हो। तर विगतको तुलनामा मुसिकोटमा गत आर्थिक बर्षमा बेरुजु रकम निकै कम हो।
मालिका पछि कम रकम बेरुजु निस्कनेमा धुर्कोट गाउँपालिका परेको छ। उसको ५० लाख ३५ हजार मात्रै काम बेरुजु निस्केको छ । जुन कुल बजेटको ०.३७ प्रतिशत मात्रै बेरुजु हो। त्यस्तै सत्यवती, कालिगण्डकी, छत्रकोट, मदाने र रुरुक्षेत्र गाउँपालिका पनि कम रकम बेरुजु निकाल्न सफल पालिकामा परेका छन।
सत्यवतीमा ७५ लाख १७ हजार बेरुजु देखियो। उसको कुल बजेटको जम्मा ०.७९ प्रतिशत मात्रै बेरुजु निस्केको छ। कालिगण्डकीको ९४ लाख ६३ हजार अर्थात ०.८० प्रतिशत, छत्रकोटको १ करोड ७१ हजार, कुल बजेटको ०.७९ प्रतिशत बेरुजु निस्केको छ। मदानेको ८१ लाख १४ हजार अर्थात कुल बजेटको ०.६७ प्रतिशत रुरुक्षेत्रको ७५ लाख १७ हजार, कुल बजेटको जम्मा ०.७० प्रतिशत मात्रै बेरुजु निस्केको छ।
त्यस्तै सत्यवती, कालिगण्डकी, छत्रकोट, मदाने र रुरुक्षेत्र गाउँपालिका पनि कम रकम बेरुजु निकाल्न सफल पालिकामा परेका छन। सत्यवतीमा ७५ लाख १७ हजार बेरुजु देखिएको छ। उसको कुल बजेटको जम्मा ०.७९ प्रतिशत मात्रै बेरुजु निस्केको छ। कालिगढण्डकीको ९४ लाख ६३ हजार अर्थात ०.८० प्रतिशत, छत्रकोटको १ करोड ७१ हजार, कुल बजेटको ०.७९ प्रतिशत बेरुजु निस्केको छ। मदानेको ८१ लाख १४ हजार अर्थात कुल बजेटको ०.६७ प्रतिशत रुरुक्षेत्रको ७५ लाख १७ हजार, कुल बजेटको जम्मा ०.७० प्रतिशत मात्रै बेरुजु निस्केको छ।
यस सम्बन्धमा प्रतिृया माग्दा जिल्लाका प्राज्ञिक व्यक्तित्व लुम्बिनी बौद्ध विश्व विद्यालयका सिनेटर पदमप्रसाद पाण्डेले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहको बेरुजु रकम विगतको भन्दा कम आउनु सन्तोषजनक रहेको बताए। उनले जिल्लाका सात वटा पालिकाको बेरुजु एक प्रतिशत भन्दा कम आउनु थप सुखद रहेको प्रतिकृया दिए।
(यस अघि प्रकाशित समाचार हामीले यस कारण हटाएका हौँ कि महालेखापरीक्षकको प्रतिवेदनबाट खिचिएको तस्वीर धमिलो भएका कारण चन्द्रकोट गाउँपालिका १.९५ हुनु पर्नेमा हामीले २.९५ जस्तो देखिदा अन्यथा हुन गएकोले सच्चाएर पुनः प्रकाशित गरेका हौँ।)
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |