गुल्मी , कार्तिक -१३ ।गएराती रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छ्न ।
गए राती करिब पौने दश बजेको समयमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर -४ धुलेओडार स्थित भित्री सडकखण्डमा किलाचौर बाट सुलिचौर तर्फ आउँदै गरेको चालक लु २ च ८०१५ नं.को वलेरो पिकअप जिप दुर्घटना एक जनाको मृत्यु र ३ जना घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले पठाएको विवरण अनुसार गम्भीर घाईते रहेका सुनछहरी गाउँपालिका वडा नम्बर -६ निबासी ३२ बर्षिय जिप चालक थम्मन रोका मगरको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा अहिले बिहान पौने तिन बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
घाईतेहरुमा लुङ्ग्री गाउँपालिका -७ हर्जन बस्ने बर्ष ४० का खिम बहादुर पुनको बायाँ गाला,बायाँ कोखा र दाहिने कान च्यातिएको छ ।
त्यस्तै सोही पालिका-४ सालडाडाँ बस्ने बर्ष २७ की भावना गिरीको ,मुख र शरिरको भित्री भागमा चोट लागेको छ । अन्दाजी ४/५ बर्ष उमेरकी उनकी छोरी शान्ति गिरीको शरिरका बिभिन्न भागमा चोट लागेको छ ।
तिनै जना घाइतेलाई थप उपचारको लागि अहिले बिहान मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।जिप सडक देखि ३ सय मिटर तल खस्नगइ दुर्घटना भएको जनाईएको छ ।
उप्त जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय सुलिचौर बाट प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमाण्डमा-११ जनाको टोली उद्धार कार्यमा खटिएको थियो ।
घटना स्थल सुलिचौर रोल्पाबाट करिब ४ किलोमिटर दुरि पुर्व उत्तर पर्ने जनाईएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






