Awareness Campaign

गुल्मीको मालिकामा आफ्नै छोराले गरे बाबुको हत्या



प्रेम सुनार
५ दिन अगाडि


Awareness

Place for ads

गुल्मी: शनिबार दिउँसो गुल्मीको मालिका गाउँपालिका-३, ह्वाङ्दी म्याला गाउँमा छोराले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेका छन् भने आमालाई गम्भिर घाइते बनाएका छन।

त्यस गाउँका २३ बर्षिय भोट बहादुर विकले आफ्नै बुवा अन्दाजी ५० बर्षिय धन बहादुर वि.क. र आमा अन्दाजी बर्ष ४८ की दिलमाया विकलाई धारिलो हतियार हँसिया र काठको किला ठोक्ने मुंग्रो प्रहार गरेर बाबुको घटनास्थलमै मृत्यु भएको र आमा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ।

उक्त घटनाको जानकारी पाउना साथ प्रहरी चौकी अर्खबाङ्गबाट र ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसन्धान अधिकृत डिएसपी गङ्गा बहादुर सारुले मृतक बाबुको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याईएको ओझेलका खबरलाई जानकारी दिनुभएको छ। घम्भिर घाईते आमालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ।

बाबुको हत्या गर्ने छोराको मानसिक सन्तुलन ठिक नभएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस केहि दिन अघि मात्र मानसिक सन्तुलन ठिक नभएका गुल्मीको भनभनेका अर्का एक व्यक्तिले आफ्नै बाबुआमाको घर गोठ जलाएर नष्ट बनाएका थिए। यस्ता मानिसहरुको व्यवस्थापन सरकारी निकायले नगर्दा जघन्य अपराधका घटना समाजमा वृद्धि हुँदै आएका छन। यस प्रति सरकारी निकाय बेलैमा गम्भीर हुनुपर्ने देखिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →