Awareness

जात थाहा पाएपछि कोठा नदिने घरबेटी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता

खबर समाज

Place for ads

काठमाडौँ: राजधानी काठमाडौँमा फेरी जातीय विभेदको अर्को घटना सार्वजनिक भएको छ। इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनार पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्।

काठमाडौँको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन्। ‘सुनार’ अर्थात् दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेकी हुन्। घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो।

Get Vaccinated

तर उनले केही नभएजस्तो गरिन्। उनलाई आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्ने लागेको छ। आफूलाई ती घरबेटीले अर्को दर्जाको व्यवहार गरिएको महसुस भएको बताइन। रूपाले थरकै कारण विभेद भोगेको यो पहिलो पटक भने होइन।

यो पनि हेर्नुहोस्: तीन ठूला हत्याकाण्ड सुल्झाउन एसपी र सिडियोलाई ‘फलामको चिउरा’

ती घरबेटीले ‘तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातीय विभेद गरेको पाइएको हो। काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिइन।

सञ्चारकर्मी सुनारले आफू माथि भएको विभेदको विरुद्ध कानुनी उपचार खोजेकी छिन। महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आज अधिकारकर्मी, पत्रकार र कानुन व्यावसायीको बाक्लो उपस्थिती र छलफल पछि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *