गुल्मी: गुल्मी जिल्ला सदरमुकाम तम्घासमा जारी गुल्मी महोत्सव थप तीन दिन लम्बिने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजना र जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.ली बुटवल, रूपन्देहीको व्यवस्थापनमा वैशाख ५ गतेदेखि १७ गतेसम्मका लागि महोत्सव आयोजना गरिएको थियो ।
मेलामा देखिएको बढ्दो उत्साहलाई मध्य जनर राखेर तीन दिन थप गरेर २० गते समापन गरिने कार्यक्रम रहेको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु महोत्सव अवधीभर प्रर्दशन गरिदै आएको महोत्सव प्रचारप्रसार समिति संषेजक प्रेम घिमिरेले बताए ।
गुल्मी महोत्सवको तम्घासमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिएको छ । मेलामा ३ सय वटा स्टल रहेका छन् ।
त्यसमध्ये केहि स्टल स्थानीय उत्पादनका सामाग्रीहरु राख्ने गरि व्यवस्था मिलाइएको छ । महोत्सवमा स्थानीय व्यापारीहरुलाई प्रोत्सहान गर्न भन्दै छुटमा स्टल दिइएको छ ।
जिल्लामा भएका मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।
महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न विधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहदै आएका आयोजकले जनाएको छ । महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको ।
महोत्सवमा टिकट शुुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइदै आएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |