Smoking Causes Cancer

गुल्मी धुर्कोटको वाग्ला खरका छानामुक्त वडा घोषणा



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

Author
डिबी खड्का


असार २, २०७८, गुल्मी

धुर्कोट गाउँपालिकाको वडा नम्वर सात, वाग्ला खरका छाना मुक्त वडा घोषणा भएको छ।

मगलबार गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्याक्रमका बिच वडालाई खरका छाना मुक्त वडा घोषणा गरेका हुन।

सिंचाई
Forest
Ad.

सो वडाका दुई सय २ घरलाई विभिन्न निकाय बाट जस्ता पाता प्रदान गरिएको थियो। जस अन्तर्गत गाउँपालिकाले एक सय ४३ घरधुरी,सुरक्षीत नागरीक आवास कार्यक्रम मार्फत २८, जनता आवास कार्यक्रम मार्फत १३, एकिकृत नमुना वस्ती अन्तर्गत १८ गरी दुई सय २ घरधुरीले जस्ता पाता पाएका थिए।

गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने चुनावी प्रतिबद्धता थियो भने निवार्चीत भैइसकेपछिको पहिलो बैठकले पनि खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको थियो।

आफुहरुको योजना यसै वर्ष सफल हुने अध्यक्ष भुपाल पोख्रेलले बताए। त्यस्तै अहिले सम्म गाउँपालिकाका वडा नम्वर १,२,४ र ६ नम्वर वडा खरका छाना मुक्त वडा घोषणा भैसकेको उपाध्यक्ष शिव केसीले जानकारी दिए।

Awareness by SKF

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी, वडा अध्यक्ष हिम प्रसाद पन्थी, जनप्रतिनिधि स्थानीय लगायतको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया