Hi-Speed Computer

Awareness Campaign

आजको मौसम: चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Awareness

Place for ads

बुटवल: हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

Forest
Forest
Ad.

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो