Awareness

Get Vaccinated

गुल्मीका १२ ठाउँमा बाढीपहिरो, सडक अवरुद्ध, बाढीले रिडी जलमग्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढीपहिरो गएको छ। बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन्। धुर्कोट गाउँपालिका-५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

धुर्कोटकै वडा नम्बर ४ मा पहिरोले ७ घर र वडा नम्बर ६ का १० घर जोखिममा छन्। यस्तै मदाने गाउँपालिका-२, म्यालपोखरीमा पनि पहिरो गएको छ। त्यहाँका २ घर जोखिममा छन्। रूरूक्षेत्र गाउँपालिका-१, लामाचौरपारीमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरु पनि विस्थापित भएका छन्। कालीगण्डकीमा पानीको बहाव बढेपछि टहरा डुवानमा परेका हुन। उनीहरु सुरक्षित स्थानमा सरेका छन्।

कालीगण्डकी गाउँपालिका-४, पुर्तिघाटमा एक घर, सिलाजी मन्दिर कालिगण्डकीको बाढीको जोखिममा परेका छन्। पहिरोका कारण बाग्लुङ सडक खण्डअन्तर्गत सत्यवति गाउँपालिका-६, उल्लिखोला र वडानम्बर ४ को साहाघाटमा सडक अवरुद्ध भएको छ। मुसिकोट-तम्घास सडक खण्डअन्तर्गत दोभानमा पहिरो जाँदा सडक पूर्णरुपमै बन्द भएको छ। कालीगण्डकी-४, पुर्तिघाटमा पनि खहरे खोला बढेर सडक अवरुद्ध भएको छ। रेसुङ्गा नगरपालिका-१३, भगारीमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध छ।

रूरूक्षेत्र गाउँपालिका-४ मा पनि सडक अवरुद्ध भएको छ। पहिरो नरोकिएकोले खुलाउन समस्या भएको प्रहरीले जनाएको छ। तीनदेखि लगातार परिरहेकाे पानीका कारण रुरु क्षेत्र धाम रिडीमा पानीको सतह बढीरहेको छ। जसका कारण रिडी क्षेत्र जलमग्न बनेकाे छ। कालीगण्डकी नदी र रिडी खोला बढेपछि आफुहरुलाई समस्या भएको स्थानीय खिम प्रसाद गौतमले बताउनु भयो। उहाँका अनुसार श व जला उने स्थान समेत पानीले पुरिएकाे छ। ऋषिकेशव मन्दिकाे १४ नम्बर सिंडिसम्म पानीले ढाकेकाे छ।

उहाँका अनुसार यहाँको बगर सम्पुर्ण जलमय भएकाे छ। नदी किनाराकाे रुख र टहराहरु समेत डुबाएकाे छ। यस्तै ऋषिकेश मन्दिर तर्फका टहराहरु समेत पानीले डुबाएको छ। पानीका कारण यता निरन्तर रुपमा तिव्र गतिमा काम भैइरहेको तीन मुखे पुलको काम समेत सम्पूर्ण रुपमा प्रभावित भएको निर्माण व्यवसायी करण वर्माले बताउनुभएको छ। यस बगरमा गौतम मात्र हैन टेक बहादुर थापा, वसन्त खाम्चाको पनि पानीले गर्दा घर जोखिम हुनुका साथै सामान सार्ने बाध्यता भएको बताउनु भयो। यस्तै केही घन्टा अझै कालीगण्डकी नदीमा पानीको बहाव बढ्ने हो भने लामो चौपारी आसपासमा पनि क्षति हुने रुरु क्षेत्र गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामलाल विकले स जानकारी दिनुभयो।

उहाँले पानी अझै बढ्न सक्ने भएकोले होटल व्यवसाय गर्नेहरुलाई बगरबाट टाढै रहन र जाल हानेर माछा मार्न समेत नजान आग्रह गर्नुका साथै आफ्नो वडा भित्र कुनै पनि सडक घर बस्ति तथा सामाजिक सम्पदामा क्षति भएमा आफुलाई तत्काल नै खबर गर्न आग्रह गर्नुभएको छ। पानीको बहाव बढ्ने भन्दै स्थानीयलाइ सजग रहन वडा अध्यक्ष विकले आग्रह गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया