गलकोट: गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा गोलकोत कोत मन्दिर व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
गत चैत महिनामा फुलपाती भित्राएको र अष्टमी, नवमीमा भेटि तथा सहयोग संकलन भएको रकमको आज कोत मन्दिर व्यवस्थापन समितिले बैठकको आयोजना गरी चैते दशैंको आम्दानी खर्च सार्वननिक गरिएको हो।
चैते दशैंमा १ लाख ६२ हजार ९ सय ३० आम्दानी हुँदा, १ लाख २९ हजार ९ सय ६५ रुपैयाँ खर्च भएको र ३२ हजार ९ सय ६५ बचत भएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले जानकारी दिनुभयो।
बैठकमा गोलकोत मन्दिर आजिवन सदस्यबाट ४ लाख ३८ हजार ९ सय र संस्थापक सदस्यबाट ६ लाख ७० हजार १ सय ५० रुपैयां गरी ११ लाख ९ हजार ५० सङ्कलन भएको अध्यक्ष खत्रीले बताउनुभयो।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले गोलकोत कोत मन्दिरलाई विकास र विस्तार गरि बागलुङ जिल्लाकै प्रमुख ऐतिहाँसिक धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।
बैठक गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |











