गलकोट: गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा गोलकोत कोत मन्दिर व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
गत चैत महिनामा फुलपाती भित्राएको र अष्टमी, नवमीमा भेटि तथा सहयोग संकलन भएको रकमको आज कोत मन्दिर व्यवस्थापन समितिले बैठकको आयोजना गरी चैते दशैंको आम्दानी खर्च सार्वननिक गरिएको हो।
चैते दशैंमा १ लाख ६२ हजार ९ सय ३० आम्दानी हुँदा, १ लाख २९ हजार ९ सय ६५ रुपैयाँ खर्च भएको र ३२ हजार ९ सय ६५ बचत भएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले जानकारी दिनुभयो।
बैठकमा गोलकोत मन्दिर आजिवन सदस्यबाट ४ लाख ३८ हजार ९ सय र संस्थापक सदस्यबाट ६ लाख ७० हजार १ सय ५० रुपैयां गरी ११ लाख ९ हजार ५० सङ्कलन भएको अध्यक्ष खत्रीले बताउनुभयो।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले गोलकोत कोत मन्दिरलाई विकास र विस्तार गरि बागलुङ जिल्लाकै प्रमुख ऐतिहाँसिक धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।
बैठक गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |