Hi-Speed Computer

Awareness Campaign

गलकोट नगरपालिका कक्षा ८ को नतिजा: ६७ प्रतिशत विद्यार्थी उत्तिर्ण



लालु प्रसाद गैरे
४ हप्ता अगाडि


Awareness

Place for ads

गलकोट: आधारभुत शिक्षा परीक्षा कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ।

गत चैत्र १२ गतेदेखी २० गतेसम्म सञ्चालित नगरपालिका स्तरीय आधारभूत शिक्षा परीक्षाको नतिजा आज प्रकाशन गरिएको गलकोट नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गलकोट नगरपालिकाको आधारभूत तह उत्तिर्ण परीक्षा कक्षा–८ को नतिजा प्रकाशनले गलकोटको आधारभूत तहको शैक्षिक गुणस्तर सुधारात्मक देखिएको हो ।

Forest
Forest
Ad.

गलकोट नगरपालिकामा कक्षा ८ संचालित सामुदायिक विद्यालय २५ र संस्थागत विद्यालय ९ गरी ३३ विद्यालयमा अध्ययनरत ५ सय ७२ जना विद्यार्थि वार्षिक परीक्षामा सहभागि भएका थिए ।

यस शैक्षिक सत्रमा परीक्षामा सहभागि विद्यार्थिहरुमध्ये ३.६ जिपिए भन्दा माथि ल्याउने विद्यार्थि ५९ जना रहेका छन् l

गलकोट नगरपालिकाले आधारभूत तह उत्तिर्ण परीक्षालाई एसईई परीक्षा मोडेलमा सञ्चालन गरेको थियो । परीक्षा व्यवस्थापनका लागि ११ वटा परीक्षा केन्द्रहरु तोकि प्रत्येक केन्द्रहरुमा फरक विद्यालयहरुबाट केन्द्राध्यक्ष र निरीक्षकहरु खटाईएको थियो ।

 

Awareness by SKF

नतिजा सुधारका लागि गलकोट नगरपालिकाले उत्कृष्ट विद्यार्थि तथा शिक्षक सम्मान, गणित, अंग्रेजी र विज्ञान विषयको नतिजा सूधार कार्यक्रम, नगरस्तरीय अर्धवार्षिक परीक्षा संचालन तथा व्यवस्थापन, शैक्षिक क्यालेन्डर तथा डायरी निर्माण र कार्यान्वयन, शैक्षिक प्रर्दशनी, विषयगत गलकोट क्वीज कार्यक्रम, विषयगत विषय विज्ञ समूह निर्माण जस्ता थुप्रै कार्यक्रम मार्फत शैक्षिक सुधारका कार्यक्रम अगाडि बढाईएको गलकोट नगरपालिकाका नगर शिक्षा अधिकृत शिव खड्काले बताउनुभएको छ ।

साथै विद्यालयहरुले पनि विशेष विद्यालय अन्तर्गतका कार्यक्रमहरू तथा नतिजा सुधारमा जोड दिनुले नतिजा सुध्रिएको उहाँले बताउनुभयो l

 

त्यस्तै आज प्रकाशन गरिएको नतिजामा चमुवा आधारभुत विद्यालय गलकोट नगरपालिका ४,नवयुवक आधारभुत विद्यालय गलकोट नगरपालिका २, एरा मदरल्याण्ड बोर्डिङ स्कुल गलकोट नगरपालिका २, नवज्योती दूर्गा आधारभुत विद्यालय गलकोट नगरपालिका ६, सम्बुद्ध एजुकेशन बोर्डिङ स्कुल गलकोट नगरपालिका ६ ले सत प्रतिशत नतिजा निकालेका छन् ।

आज प्रकाशन गरिएको नतिजा अनुसार भैरव माध्यमिक विद्यालय गलकोट नगरपालिका ९ का असिम ढकाल ३.९३ जिपिए सहित प्रथम, न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुल गलकोट नगरपालिका ६ का सामध्र्या ढुंगाना ३.९२ जिपिए सहित द्वितिय, दुदिलाभाटी सेकेण्डरी बोर्डिङ स्कुल गलकोट नगरपालिका १ का करन नेपाली ३.९१ जिपिए सहित तृतिय र महेन्द्र माध्यमिक विद्यालय गलकोट नगरपालिका २ का आयुश बोहोरा ३.८८ जिपिए सहित सान्त्वना भएका छन्।

साथै २ वा २ भन्दा कम विषयमा अनुत्तिर्ण विद्यार्थिहरुका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने जनाईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो