Clean Water Campaign

Awareness Campaign

कक्षा ८ को परीक्षा: मुसिकोटका ४ विद्यालयको नतिजा शून्य



सागर भण्डारी
३ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा आधारभूत तह (कक्षा ८) को नतिजामा ४ विद्यालयको नतिजा शुन्य आएको छ।

नगरपालिका स्तरीय परीक्षाको रुपमा सञ्चालित परीक्षामा मुसिकोट नगरपालिका भित्रका २४ वटा सामुदायिक विद्यालय र ४ वटा निजी विद्यालयका ५ सय २८ जना विद्यार्थीले परिक्षा दिएका थिए।

नगरपालिकाले प्रकाशन गरेको नजिताअनुसार नगरका कुल विद्यालय मध्ये ४ विद्यालयले कुनै पनि विद्यार्थी उत्तिर्ण गराउन नसकेका हुन्। जसमध्ये छत्रकोट आधारभूत विद्यालय मुसिकोट १, जनता आधारभूत विद्यालय मुसिकोट ४, कुर्घा निम्न माध्यमिक विद्यालय मुसिकोट ६ र सरस्वति आधारभूत विद्यालय मुसिकोट ९ को नतिजा शुन्य रहेको छ।

सिंचाई
Forest
Ad.

नगरपालिकाले प्रकाशित गरेको नतिजा अनुसार सितापुर माध्यमिक विद्यालय मुसिकोट ९ मा मात्रै सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। उक्त विद्यालयबाट परिक्षा दिएका २ जना विद्यार्थी नै उत्तिर्ण भएका हुन्।

नगरपालिकामा जम्मा १ सय ३८ जना विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । समग्रमा नतिजा कमजोर देखिएको छ। समग्र नतिजामा सबैभन्दा विद्यार्थी उत्तिर्ण गराउनेमा पृथ्वी मा.वि. मुसिकोट ४ रहेको छ। जुन विद्यालयबाट परिक्षामा सहभागी २३ जना विद्यार्थी मध्ये १८ जना विद्यार्थी उत्तिर्ण भएका छन्।

उक्त नगरस्तरीय परिक्षाको नतिजा प्रकाशन पछि अब ग्रेड वृद्धि परिक्षा सञ्चालन गरिने बताईएको छ। उक्त परिक्षा फाल्गुण ३० गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालन गरिएको थियो।

नगरपालिकाको शिक्षा शाखाले यसवर्ष देखि नगरस्तरीय परिक्षामा उत्कृष्ट अंक ल्याउने अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक र सबैभन्दा बढी प्रतिशत उत्तिर्ण गराउने विद्यालयलाई सम्मान गर्ने कार्यक्रम राखेको नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले जानकारी दिनुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो