Salime Malika Krishi Farm

Awareness Campaign

तम्घासको सिद्धबाबा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान



टोपलाल अर्याल
८ महिना अगाडि


Awareness

Place for ads

रेसुङ्गा, चैत २८ गते: गुल्मीको सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेसँगै अझै नवीनतम काम गर्नुपर्ने चुनौती थपिएको छ । गुणस्तर चिन्ह प्राप्त गर्न विद्यालयमा आधारभूत पक्ष राम्रो भए पुग्छ । तर, अन्तर्राष्ट्रिय गुणस्तर भएको प्रमाणपत्र प्राप्त गर्न अझै महत्त्वपूर्ण ३० सूचक पुरा गर्नुपर्ने भएकाले आफूहरू गम्भीर भएर विद्यालय सुधारको पक्षमा काम गर्ने सिद्धबाबा माविका प्रधानाध्यापक डोर विक्रम श्रीसले बताउनुभयो।

अबको सूचकहरू भनेको विद्यालयको भौतिक पक्षसँगै रिजल्टसँग सम्बन्धित भएकाले चुनौतीसँग अवसर पनि रहेको श्रीसले बताउनुभयो । ग्लोबल क्वालिटी काउन्सिल काठमाण्डौले गुल्मी क्षेत्र नं १ का सांसद डाक्टर चन्द्र भण्डारी मार्फत विद्यालयलाई चिन्ह प्रदान गरेको थियो ।

काउन्सिलले दिएका ५० सूचक मध्ये २० वटा सूचकमा काम भएपछि चिन्ह प्रदान गर्ने गरिएको छ । शिक्षा, स्वास्थ्यसँगै स्थानीय तहमा समेत काम काउन्सिलले काम गरिरहेको ग्लोबल क्वालिटी काउन्सिल काठमाडौँको आइएसओ प्रतिनिधि तथा तालिम संयोजक नारायण प्रसाद दवाडीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्हले कामको प्रारम्भ मात्रै हुने भएकाले ८० प्रतिशत सूचक पुरा भएपछि प्रमाणपत्र प्रदान गरिने दवाडीले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

उहाँका अनुसार विद्यालयको सरसफाइ, अग्नि सुरक्षा, प्राथमिक स्वास्थ्य सामग्री, गेट व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, विद्यालय र आइएसी लोगोको प्रदर्शन, गुणस्तरको नीति र उद्देश्य, मानव स्रोत व्यवस्थापन नीति, आपतकालिन सम्पर्क नम्बर सार्वजनिक, गुणस्तरीय पाठ योजना तथा सामग्री निर्माणको अवस्थाको मूल्याङ्कन हुने गर्दछ । साथै सफा खानेपानी र कार्यालय व्यवस्थापन प्रारम्भिक सूचक हुन् । आफूहरूले नियमित रूपमा अनुगमन, सीप, तालिम र मार्गदर्शन दिएपछि विद्यालयले प्रमाणपत्रको लागि माग गर्ने दवाडीले बताउनुभयो ।

उहाँले जिल्लामै पहिलो पटक सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेको जानकारी दिनुभयो । बिस २०४३ सालमा स्थापना भएको सिद्ध बाबा माविमा एक हजार ५५० विद्यार्थी रहेका छन् । विद्यालय शिक्षक र स्टाफ गरेर ७० जना रहेको विद्यालयका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →