Awareness Campaign

गोलकोत संस्कृति संरक्षण मञ्चको ३१ औँ वार्षिकोत्सव तथा चैते दशैँ मेला सम्पन्न



लालु प्रसाद गैरे
८ घण्टा अगाडि


       

Place for ads

गलकोट: गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्चको ३१ औँ वार्षिकोत्सव तथा चैते दशैँ मेला २०८१ सम्पन्न भएको छ।

‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकिय स्थल कोतमैदान गलकोटको पहिचान’ भन्ने मुल नाराका साथ गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्चको ३१ औँ वार्षिकोत्सव तथा चैते दशैँ मेला हिजो सम्पन्न भएको हो।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले ऐतिहासिक शक्तिपिठ गोलकोत मन्दिरको क्षेत्रमा रहेको यस ठाउँलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ। उहाँले यस ठाउँसम्म आउने सडकलाई व्यवस्थित गर्नुपर्ने बताउँदै यस ठाउँलाई उजागर गर्न स्थानीयको आवश्यकता रहेको र गलकोट नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्वता जनाउनुभएको थियो।

Forest
Forest
Ad.

कार्यक्रममा नेपाली कांग्रेसका गलकोट नगर सभापती विरजंग भण्डारी, गलकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फम बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा गलकोट नगरपालिका वडा नम्बर २ प्रथम र गलकोट नगरपालिका वडा नम्बर १ द्वितिय भएका थिए।

त्यस्तै सामूहिक लोक नृत्य प्रतियोगितामा नव प्रभात स्कुल प्रथम, न्यू लाईफ बोर्डिङ स्कुल द्वितिय र गोल्डेन फ्युचर बोर्डिङ स्कुल तृतिय भएका छन्। कार्यक्रममा राष्ट्रिय कलाकार देवी घर्तीको विशेष साँगितिक प्रस्तुती रहेको थियो।

कार्यक्रम गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्चका अध्यक्ष झहर बहादुर खत्रीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष हर्क पन्तको स्वागत र महासचिव गगन कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो