Awareness

शिक्षण सिकाई कार्यक्रमको आज तेस्रो दिन, सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध

खबर शैक्षिक खबर

Place for ads

गुल्मी: वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजना र प्रविधिमैत्री शिक्षक समाजको प्राविधिक सहयोगमा सञ्चालित शिक्षण संवाद कार्यक्रम अथवा शिक्षक प्रशिक्षण कार्यक्रमको आज तेस्रो सेसन आयोजना गरिने बताइएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा शिक्षा क्षेत्रमा नाम कमाउनु भएका प्राज्ञिक व्यक्तित्व प्रा. डा. ईश्वरी प्रसाद पाण्डेको अध्यक्षतामा सञ्चालन हुँदै आएको यस शिक्षण संवाद तथा शिक्षक प्रशिक्षण कार्यक्रमको आज तेस्रो दिन सम्बन्धित सबैलाई भर्चुअल माध्यमबाट उपस्थितिका लागि आयोजकले सूचना जारी गरेको छ।

Get Vaccinated

पहिलो दिनको कार्यक्रममा बोल्दै प्रा. डा. जिवलाल सापकोटाले भन्नुभयो, ‘शिक्षकले आफूलाई समयसापेक्ष अध्यावधिक वा परिवर्तन गर्दै लैजानु पर्दछ। नयाँ कुरा सिकाउनका लागि आफूले निरन्तर सिकिरहनु पर्दछ।’ उहाँले थप्नुभयो, ‘पहिला सिक्नु, पढ्नु अनि मनन गर्नु र त्यसपछि चिन्तन गरी व्यवहारमा लागू गर्नु। सिकेको वा पढेको कुरा मनन र चिन्तन गरी व्यवहारमा लागू गर्न सकिएन भने त्यो ‘Waste of the time, money and mind’ अर्थात समय, पैसा र दिमागको बर्बादी मात्र हो।’

खोजी गरौँ सिर्जनशील सफा प्रभाको।

बढौँ अघि ज्ञान सिक्दै आत्मनिर्भरताको॥

आजको शिक्षण सिकाई कार्यक्रममा शिक्षक कसरी विज्ञ बन्ने?, बालबालिकालाई अनलाइन माध्यमबाट कसरी पढाउने?, नयाँ प्रविधिको कसरी भरपुर उपयोग गर्ने? लगायतका विषयमा सहजिकरण गर्ने सम्पर्क मञ्चले जनाएको छ।

जेठ ३१ गते अर्थात आज साँझ ८ बजे देखि १० बजे सम्म अनलाइन मिटिङ प्लेटफर्म जुम मार्फत सञ्चालन गरिने कार्यक्रमका प्रमुख प्रशिक्षक तथा सहजकर्ता बहुमुखी प्रतिभाका धनी कुशल वक्ता प्रभात सुवेदी हुनुहुन्छ।

वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवक्ता हेमनाथ खराल भन्छन्, “विशेष गरी साविकको वामी र यस आसपासमा शिक्षण पेशा अपनाउँदै आउनुभएका शिक्षक शिक्षिकाहरुलाई आजको जुम मिटिङमा स्वागत गर्न उत्साहित र आतुर छौँ। इच्छुक जो कोही निम्न लिखित जुम आइडी मार्फत जोडिन अनुरोध गर्दछौँ।”

Awareness by SKF

Meeting ID: 856 7388 5409

Passcode: 54321

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *