Salime Malika Krishi Farm

Awareness Campaign

नेतृत्व विकासका लागि ५ दिने उद्घोषण तथा वाक कला तालिम सम्पन्न



पृतम भुजेल
१ वर्ष अगाडि


Awareness

Place for ads

नवलपुर: ‘सिर्जनशील दक्ष र क्षमतावान महिला जनशक्ति निर्माणमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ देवचुली नगरपालीका वडा नं-१५ को आयोजनामा देवचुली-१५  स्थित भागिरथी आमा  समुहको सभाहलमा चैत्र १० गतेदेखि १५ गतेसम्म संचालित ५ दिने महिला वाक कला तालिमको समापन  समारोह भव्य रुपमा  सम्पन्न भएको छ।

देवचुली  नगरपालिका वडा नं-१५ को आयोजनामा सम्पन्न भएको  यस कार्यक्रममा महिलाहरुलाई लक्षित गरी  ५ दिने उद्घोषण तथा  वाक कला तालिम  कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख  अतिथि देवचुली नगरपालिका १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाटको प्रमुख   आतिथ्यतामा सम्पन्न भएको छ । महिला हरुलाई दक्ष र क्षमतावान बनाउन को  लागि कार्यक्रमलाई समुहगत बिभाजन गरिएको सो कार्यक्रम मा ३० जना महिलाहरु सहभागी थिए।

सिंचाई
Forest
Ad.

महिला  अगाडी बढ्न र आफ्नो क्षमताको अधिकार  शसक्तिकरण गरि अघि चुलो चौकोमा मात्र सिमित नभई आफू भित्र को कला प्रस्तुत गर्न र सबल र सक्षम गराउन को लागि   सकारात्मक पाटोमा जोड्न आग्रह गर्दै नवलपुरमै देवचुली भित्र  का महिला समुदायलाई अव्बल र सक्षम  जनशक्ती बनाउन आजैदेखी पहल गर्ने कुरामा जोड दिएका थिए।

त्यसैगरी महिला का सवालहरुलाई पेचिलो ढंगबाट प्रष्टाउदै  कार्यक्रममा सहभागि  ,महिला  प्रशिक्षार्थीहरुलाइ उत्साहित बनाउदै सहजिकरण गर्न अनुरोध गर्दै तालिममा सरिक सहजकर्ता प्रशिक्षक द्धोय विशेष अतिथि समेत रहनु भएका प्रशिक्षक प्रितम भुजेल र राम व्लोन तमाङ लाई लाई विशेष आभार समेत व्यक्त गरेका थिए।

यसै गरि मन्तव्य  क्रममा विशेष अतिथि समेत रहनु भएका सहजकर्ता प्रितम भुजेल र राम तमाङले तालिममा सिकेको सिकाइलाइ ब्यवहारिक जिवनमा संधै लागु गर्न आग्रह गरेका थिए।

Awareness by SKF

कार्यक्रममा शुभकामना साथै धन्यवाद मनतव्यकै क्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका देवचुली -१५ का वडा अध्यक्ष सुरेस कुमार रानाभाट ले आगामी दिनमा समाजको हितमा यस्ता अरु फरक फरक तालिमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमलाई उत्साहित बनाउन सहभागी प्रशिक्षार्थी हरुलाई हौसला बढाउन वडाका जनप्रतिनिधि हरु प्रेम प्रसाद खनाल ,माया सुवेदी , मानकुमार श्रेष्ठ , अनिता सुनार साथै विभिन्न आमा समुहका प्रतिनिधि हरुको उपस्तिथि रहेको थियो ।कार्यक्रममा ६ दिन सम्म सिकाई रहदै गर्दा विभिन्न खेल , अन्तर समुह हाजिर जवाफ का बिजेताहरुलाई पुरस्कृत गर्नुको साथै उत्कृष्ट प्रशिक्षार्थी बन्न सफल पार्वती ढकाललाई सम्मान गरिएको थियो।

महिला संजाल देवचुली -१५ का अध्यक्ष मिना सापकोटाको अध्यक्षता रहेको कार्यक्रमको संचालन तालिममा सहभागी प्रशिक्षार्थी पार्वती रानाभाटले गर्नु भएको थियो भने स्वागत मन्तव्य तालिममा सहभागी प्रशिक्षार्थी सिर्जना शर्मा ले राख्नु भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

पृतम भुजेल को बारेमा

प्रितम भुजेल नवलपुर जिल्ला संवाददाता हुन। मो.: 9857040699

पृतम भुजेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →