Smoking Causes Cancer

चमुवा आधारभूत विद्यालयमा रक्तल्पताको स्क्रिनिङ होमोग्लोबिन र रक्त समूह प्रशिक्षण कार्यक्रम सम्पन्न



लालु प्रसाद गैरे
२ वर्ष अगाडि


Place for ads

बागलुङ: चमुवा आधारभूत विद्यालय गल्कोट नगरपालिका वार्ड नं ४ मा कक्षा ६ देखि ८ सम्मका १६ जना विद्यार्थीको रक्त अल्पताको स्क्रिन होमोग्लोबिन र रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

बौर आधारभूत स्वास्थ्य केन्द्रको आयोजना तथा गल्कोट नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका १६ जना विद्यार्थीहरूको हेमोग्लोबिन कम वा धेरै भएमा शरिरमा देखापर्ने लक्षण, जटिलता, जस्तै थकानमा कमजोरी अनुभव गर्नु, रिङ्गटा लाग्नु या बेहोस हुनु, मुटुको धड्कनहरू तीव्र हुनु, बच्चाको सुस्त विकास हुनु लगाएतका महत्वबारे बौर आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख गणेस सुनारले प्रशिक्षण गर्नुभएको थियो।

उक्त कार्यक्रममा विद्यालयका अध्ययनरत विद्यार्थी सोनाक्सी खत्रीले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवीन सुवेदीको अध्यक्षता शिक्षक धनप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो