Awareness Campaign

मुसिकोटका नागरिकले रुपन्देहीमा निःशुल्क रगत पाउने



टोपलाल अर्याल
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, चैत १९ गते: गुल्मीको मुसिकोटका नागरिकले रुपन्देहीका अस्पतालहरुमा उपचारको क्रममा रगत आवश्यक परे निःशुल्क पाउने भएका छन्। कुनै घटना वा दुर्घटनामा परेर रगत अभावको कारण कसैको ज्यान नजाओस भन्ने उद्देश्यले मुसिकोट नगरपालिकाले रुपन्देही रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ। रेडक्रसले रुपन्देहीमा रक्त सञ्चारकेन्द्र सञ्चालन गरेको छ।

सले तत्काल रगत आवश्यक परेका बेला उपलब्ध गराउने गरेको छ। मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेल र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले रेडक्रस सभापति रामचन्द्र उपाध्याय, मन्त्री टेकबहादुर थापा तथा रक्तसञ्चार केन्द्रका इन्चार्ज राधा ज्ञवालीले म्झौतामा हस्ताक्षर गर्नुभएको छ।

प्रमुख खरेलले रगतका अभावको पीडा पर्नेलाई मात्र थाहा हुने भएकाले सहज र निःशुल्कका लागि रेडक्रससँग समन्वय गरेको बताउनुभयो । गतका लागि मुसिकोटका नागरिकले आफ्नो प्रमाणित कागजात पेश गर्नुपर्नेछ । प्रमाणको आधारमा रक्तसञ्चार केन्द्रले रगत उपलब्ध राउने मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

गतको रकम मुसिकोट नगरपालिकाले रेडक्रसलाई बुझाउनेछ । गुल्मीमा नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतका लागि सहजीकरण गर्ने रेको छ । समाज ०७६ सालमा स्थापना भएको हो । समाजमा अहिले १३६ जना आजिवन सदस्य रहेका छन् । समाजले अहिलेसम्म आठ सय २३ ्रिण्ट रगत निःशुल्क सहयोग गरेको छ । भने गुल्मी अस्पतालमा डाइलासिस गर्ने १८ जनालाई ४२ प्रिण्ट रगत सहयोग गरेको नेपाल स्वयंसेवी क्तदाता समाजका अध्यक्ष ध्रुव पाण्डेयले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →