Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने धेरै



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने बढी रहेका छन्। गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक सातामा १३० जनाले नयाँ नागरिकता लिएका छन् भने १८१ जनाले प्रतिलिपि नागरिकता लिएका छन्।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक साताको अवधिमा नयाँ र प्रतिलिपि गरेर नागरिकता बनाउनेको सङ्ख्या ३११ रहेको छ ।

नागरिकले नागरिकतालाई माया नगर्ने, जथाभाबी फ्याँक्ने र सानातिना गल्ती भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उहाँको भनाइ छ ।

सिंचाई
Forest
Ad.

यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाको श्रीमान्श्रीमती र बाबुआमाको नाम नमिल्ने गरेका कारण पनि रहेको गैरेले बताउनुभयो। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो