Hi-Speed Computer

Awareness Campaign

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य निर्वाचित



लालु प्रसाद गैरे
२ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य विजयी हुनुभएको छ। शनिबार संघको १९ औँ अधिवेशन अन्तर्गत भएको मतदानमा प्रतिद्वन्दी उमाकान्त शर्मालाई १ सय २५ मतान्तरले पराजित गर्दै शाक्य अध्यक्षमा निर्वाचित हुनुभएको हो। शाक्यले ६ सय ४४ मत प्राप्त गर्नुभएको थियो भने शर्माले मत ५ सय १९ प्राप्त गर्नुभएको थियो।

उनीहरु दुवैजना नेपाली कांग्रेस निकट उम्मेद्वार थिए। शाक्यलाई राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, समाजवादी लागयतका दल निकट व्यवसायीले सघाएका थिए भने शर्मालाई एमाले निकट व्यवसायीको साथ थियो। आईतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार खुल्ला सदस्यमा सबैभन्दा धेरै मत निवर्तमान महासचिव ऋषिराम गौतमले प्राप्त गर्नुभएको छ। जम्मा खसेको मत १ हजार १ सय ७६ मध्ये गौतमले ८ सय २२ मत प्राप्त गर्नुभएको थियो।

राजन कुमार शाक्य नेतृत्वको प्यानलबाट चुनावमा होमिएका गौतमले लोकप्रिय मत प्राप्त गर्नुभएको हो। दोस्रो धेरै मत दिपक हमालले प्राप्त गर्नुभयो। उहाँले ६ सय ९८ मत पाउनुभयो। हमाल उमाकान्त शर्माको प्यानलका उम्मेद्वार हुनुहुन्थ्यो। १३ जना खुल्ला सदस्यका लागि चुनावमा ७ जना राजनकुमार शाक्यको प्यानलबाट र ६ जना उमाकान्त शर्माको प्यानलबाट विजयी भएका छन्।

Forest
Forest
Ad.

शाक्यको प्यानलबाट विजयी हुनेमा ऋषिराम गौतम, अर्जुन प्रसाद कँडेल, चन्द्र रेग्मी, मनिस राजभण्डारी, इन्द्रमणी पौडेल, नविन कुमार श्रेष्ठ र अकिल बहादुर क्षेत्री विजयी हनुभएको छ। त्यस्तै उमाकान्त शर्माको प्यानलबाट दिपक हमाल, बद्रि ढुंगाना, राजु गौतम, सुदिप सागर कँडेल, श्रीजय श्रेष्ठ र उमेश केसी विजयी हुनुभएको हो। संघको उद्योग सदस्यमा रामप्रसाद शर्मा र चुडामणी सापकोटा विजयी हुनुभएको छ।

सापकोटा शाक्य प्यानल र र शर्मा उमाकान्त प्यानलका हुनुहुन्थ्यो। महिला सदस्यमा शर्मा प्यानलबाट सविता आचार्य र सिर्जना राजभण्डारी श्रेष्ठ विजयी भएका छन्।शाक्य प्यानलबाट कमला पराजुली बिजयी हुनुभयो। निर्वाचित हुने १९ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १० जना शाक्य प्यानलका विजयी भए भने शर्मा प्यानलबाट ९ जना सदस्य बिजयी भएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो