Smoking Causes Cancer

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

अर्घाखाँची: अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरको देउराली नेटाका १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

वडा नम्बर १० मै पर्ने झिमरुक खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जनाले मृत्यु भएको हो। पौडी खेल्न रहमा गएका २ युवा धेरैबेर पानी बाहिर नआएपछि संगै गएका साथीहरूले आफन्तलाई खबर गरेका थिए।

आफन्त र धनचौर प्रहरीको खोज तलासपछि मृत भेटिएका दुवै जनालाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णु प्रसाद पौडे्लले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो