Smoking Causes Cancer

गुल्मीमा ११३ जना क्षयरोगका बिरामी पुष्टि



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ११३ जनामा क्षयरोग पुष्टि भएको पाइएको छ ।स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा ११३ जनामा क्षयरोग पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपालबहादुर कार्कीका अनुसार ५९ जनामा पिसिबी टिबि फोक्सोमा किटाणु देखिएको र ४३ जनामा फोक्सो बाहेक अन्य अङ्गमा किटाणु देखिने क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ । आठ जना क्षयरोग बिरामीहरूले पुनः उपचार गराइरहेको पाइएको हो । क्षयरोगबाट चालु आर्थिक वर्षको हालसम्म तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको हालसम्म यस जिल्लाको सत्यवती गाउँपालिकामा १५ जनामा क्षयरोग पुष्टि भएको छ । जिल्लामै सबैभन्दा धेरै क्षयरोग पुष्टि यस गाउँपालिकामा भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मुसिकोट नगरपालिकामा १४ जनामा क्षयरोग पुष्टि भएको बताइएको छ ।

सिंचाई
Forest
Ad.

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रेसुङ्गा नगरपालिका र छत्रकोट गाउँपालिकामा ११/११ जना, कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा १०/१० जना, मदाने गाउँपालिकामा आठ जना, चन्द्रकोट गाउँपालिकामा र धुर्कोट गाउँपालिकामा सात/सात जना, मालिका गाउँपालिकामा छ जना र इस्मा गाउँपालिकामा चार जनामा क्षयरोग पुष्टि भएको छ ।

जिल्लाका प्रत्येक स्थानीय तहबाट खकार परीक्षण गरी क्षयरोग पुष्टि भएका बिरामीलाई उपचारको दायरामा लिइएको छ । स्वास्थ्य कार्यालयले स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थामा अनुगमन गर्नुका साथै बिरामीहरूको खोज पड्ताल गरिरहेको जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनुभयो । यहाँको गुल्मी अस्पतालबाट जिन एक्सपटबाट क्षयरोगको परीक्षण गरिँदै आएको उहाँले बताउनुभयो। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो