Smoking Causes Cancer

छत्रकोट गाउँपालिकाले एसइईमा ४ जीपीए ल्याउनेलाई एक लाख ५१ हजार पुरस्कार दिने



टोपलाल अर्याल
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको छत्रकोट गाउँपालिकाले एसइई परीक्षमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार रुपियाँ दिने भएको छ ।

गाउँपालिकाको शिक्षा समितिको चैत २ गते निर्णय अनुसार ३.९० देखि ३.९९ जिपिए ल्याउनेले ५१ हजार र ३.८० देखि ३.८९ लिपिए प्राप्त गर्ने विद्यार्थीलाई २५ हजार गाउँपालिकाले प्रदान गर्नेछ ।

यो वर्ष छत्रकोट गाउँपालिकाका दुई परीक्षा केन्द्रबाट एक सय पाँच जना छात्रा र एक सय २२ छात्र गरेर दुई सय २७ जनाले एसईइ परीक्षा दिइरहेको छत्रकोट गाउँपालिकाले शिक्षा शाखाका प्राविधिक सहायक बिनोद न्यौपानेले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

शैक्षिक सत्र २०८० मा छात्रा एक सय ५२ र छात्र एक सय ४४ गरेर दुई सय ९७ विद्यार्थीले एसइई दिएका थिए भने ०७९ सालमा छात्रा दुई सय र छात्र एक सय ५३ गरेर तीन सय ५३ जना एसईइ परीक्षामा सहभागी भएका थिए । छत्रकोटमा नौ सामुदायिक र एक संस्थागत गरेर १० मावि, चार आधारभूत र १४ प्रावि छन् ।

गाउँपालिकाले पहिलेदेखि नै २.८ जिपिए ल्याएर गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्लस टु पढ्नेलाई पूर्ण छात्रवृत्ति तथा प्लस टु गरेर गाउँपालिकाभित्र स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →