बागलुङ: गलकोटमा आज देखी सञ्चालन हुने आधारभूत तह उत्तीर्ण (कक्षा ८) को परीक्षाको सम्पुर्ण तयारीहरु पुरा भएको छ।
आधारभूत तह उत्तीर्ण (कक्षा ८) को परीक्षा सञ्चालनका लागि विभिन्न विद्यालयमा केन्द्र निर्धारण गरी गलकोट नगरपालिका भित्रका ३५ आधारभुत विद्यालयका ५ सय ८३ जना विद्यार्थि परीक्षामा सहभागि हुने गलकोट नगरपालिका शिक्षा शाखाले जनाएको छ।
जस अन्तर्गत सरस्वती माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर १ मा ५३ जना, महेन्द्र माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर २ मा ९७ जना, गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ मा १ सय १७ जना, पृथ्वी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ५ मा ६४ जना, सम्बुद्ध एजुकेसनल बोर्डिङ स्कुल गलकोट नगरपालिका वडा नम्वर ६ मा ७९ जना, प्रगती आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नम्वर ७ मा ४७ जना, शिव माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ८ मा ४१ जना, जनजागृती माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ८ मा ३१ जना, पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर १० मा २० जना, रमुवा आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नम्वर १० मा १२ जना, रत्न लक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ११ मा २२ जना विद्यार्थिहरु सहभागि हुने शिक्षा अधिकृत शिव खड्काले जानकारी दिनुभयो।
परीक्षा आज मध्यान्ह १२ः३० बजेबाट सञ्चालन हुने छ । आज विद्यार्थिहरुले साधारण तर्फ अंग्रेजी परीक्षा दिने गलकोट नगरपालिका शिक्षा शाखाले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







