बागलुङ: गलकोट नगरपालिका वडा नम्बर ७ मा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि वडा स्तरीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। ‘स्वस्थ पशु समृद्ध किसान, पूर्ण खोप अभियान’ भन्ने मुल नाराका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ७ मा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि वडा स्तरीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले पशुहरुलाई पूर्ण मात्रामा खोप लगाएमा मात्र पशुहरु रोग रहित हुने बताउँदै पालिकालाई दुध तथा मासुमा आत्मनिर्भर गराउनको लागि पशुहरुलाई पूर्ण मात्रामा खोप दिनुपर्ने बताउनुभएको थियो। कार्यक्रममा गलकोट नगरपालिकाका पशु शाखा प्रमुख चिन्तामणी शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो।
उक्त कार्यक्रममा कृषकहरु घनश्याम थापा, चन्द्र बहादुर थापा, झम बहादुर खत्री, नगेन्द्र मल्ल, मिन बहादुर थापा ले प्रश्न तथा जिज्ञासाहरु राख्नुभएको थियो। कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापाको अध्यक्षता, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अधिकृत केशव शर्माको स्वागत र कर्मचारी खगेन्द्र विकको सञ्चालनमा सम्पन्न भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |