Hi-Speed Computer

Awareness Campaign

गुल्मी उद्योग वाणिज्य संघको अधिवेशन रेसुङ्गामा सुरु



अनिल खत्री
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले रेसुङ्गामै कार्यक्रम हुन थालेका छन् । रेसुङ्गा क्षेत्रमा पुग्ने पर्यटकको संख्यामा बृद्धि गर्ने उदेश्यले गुल्मी उद्योग वाणिज्य संघले अधिवेशनको कार्यक्रम रेसुङ्गा क्षेत्रमा गरेको हो ।

गुल्मी उद्योग वाणिज्य संघको ३३ औं साधारणसभा तथा अधिवेशनको कार्यक्रम रेसुङ्गा क्षेत्रको पोखरीमा गरेको छ । साधारण सभाको नेपाल उद्योग वाणिज्य संघ बरिष्ठ केन्द्रिय उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ शुभारम्भ गरेका थिए ।

अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले पर्यटकीय क्षेत्रमा चहलपहल बढेको खण्डमा सबै क्षेत्र चलयमान हुने बताए । उनले रेसुङ्गा क्षेत्रको अवलोकन पछि अत्यन्तै सुन्दर र उत्कृष्ट पर्यटकीय गनतव्य भएको छ । यतिबेला रेसुङ्गा क्षेत्रमा मनै लोभ्याउने खालको प्रकृति रहेकाले रेसुङ्गा धार्मिक र पर्यटकीय क्षेत्रले धनी रहेको उल्लेख गरे ।

Forest
Forest
Ad.

रेसुङ्गा क्षेत्रको प्रचारप्रसार र आन्तिरिक तथा बाह्य पर्यटकको संख्या बढाउने उदेश्यले रेसुङ्गा क्षेत्रमा कार्यक्रम गरिएको गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष इश्वरीप्रसाद पोडेलले बताए । कार्यक्रममा गुल्मी जिल्लासँगै विभिन्न स्थानबाट आएका पाहुनाहरु रेसुङ्गा पुगेका थिए ।

गुल्मी उद्योग वाणिज्य संघ व्यापारीहरुको संघ संस्था मात्रै नभएर सामाजिक कार्य गर्ने जिल्लाको एउटा महत्वपूर्ण संस्था रुपमा परिचित गराएको छ । संघले व्यवसायीको हकहितसँगै पर्यटकीय क्षेत्रमा समेत लगानी गरेको छ ।

यस कार्यक्रममा एक विशेष सत्रमा गुल्मी जिल्लामा लगानीको सम्भाव्यता र यस क्षेत्रको व्यवसायिक अवसरहरूमा छलफल गरिएको थियो । वाणिज्य संघ र रेसुङ्गा नगरपालिकाको समन्वयमा, यहाँ कसरी नयाँ लगानी भित्र्याउन सकिन्छ भन्ने बारेमा विभिन्न प्रस्तावहरू र योजनाहरू पनि प्रस्तुत गरिएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले वाणिज्य संघले रेसुङ्गा क्षेत्रमा गरेको यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रममा रेसुङ्गा क्षेत्रको पर्यटन र यहाँको व्यवसायिक विकासका लागि छलफल र बिभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो । रेसुङ्गा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सामाजिक संघ संस्थाले गर्ने कार्यक्रमले यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको हो ।

Awareness by SKF

गुल्मी उद्योग वाणिज्य संघको यो पहलमा रेसुङ्गा क्षेत्रको पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने विश्वास गरिएको छ । ३३ औं साधारणसभाले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै छ । गुल्मी उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष पदका लागि २ जना आकांक्षी देखिएका छन् । समितिका उपाध्यक्ष रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ बिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

समितिका अन्य पदहरुमा पनि धेरै आकांक्षी देखिएका छन् । नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन प्रक्रिया अगाडी बढाउने कार्यतालिका रहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो