Hi-Speed Computer

Awareness Campaign

गुल्मीदरबारमा लेबलिङ र प्याकेजिङ सम्बन्धी अन्तरक्रिया



अनिल खत्री
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीदरबार गाउँपालिकामा उत्पादित वस्तुको लेबलिङ र प्याकेजिङ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा गुल्मीदरबार गाउँपालिकाको समन्वयमा एक दिने ‘उत्पादित वस्तुको लेबलिङ र प्याकेजिङ’ सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक मनोज अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका जीवन घिमिरेले लेबलिङ र प्याकेजिङ प्रविधिका बारेमा जानकारी गराएका थिए । लेबलिङ र प्याकेजिङको सही प्रयोगले उत्पादनको ब्राण्डिङलाई मजबुत बनाउने, यसको बजारमा पहुँच बढाउने र ग्राहकहरूको विश्वास जित्नेमा ठूलो भूमिका खेल्ने बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कार्यालय प्रमुख राजीव अर्यालले प्रशिक्षणका उद्देश्यबारे जानकारी गराएका थिए । उनले यस्ता कार्यक्रमहरूले स्थानीय उत्पादनको गुणस्तर वृद्धि सहयोग अपेक्षा गरे । कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले गुणस्तर वस्तुकाे उपभाेग गर्ने अधिकार उपभोक्ताकाे भएकाे हुदाँ उत्पादक तथा बिक्रेताले गुणस्तरीयता कमयम राख्न भन्ने बिषयवस्तुमाजानकारी गराएका थिए । गाउँपालिकामा उत्पादित वस्तुहरूको लेबलिङ र प्याकेजिङमा सुधार ल्याउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गुणस्तरीय वस्तुको उत्पादन गर्न समेत जाेड दिए ।

Forest
Forest
Ad.

उनलेे यस्ता कार्यक्रम गाउँ टोलसम्म पुर्याउनु पर्ने बताए । उपभोक्ताको सुरक्षा र अधिकार सुनिश्चित गर्न, सही लेबलिङ र प्याकेजिङ अत्यन्तै महत्त्वपूर्ण हुने गैरेले बताए । यस कार्यले उपभोक्तालाई स्वास्थ्य समस्याबाट जोगाउँने उनको भनाइ छ । गुल्मीदरबारको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालयका मिलन भण्डारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो