Clean Water Campaign

Awareness Campaign

नेपाल मोबाइल व्यवसायी संघ गुल्मीद्वारा प्रजिअ मार्फत सरकारको ध्यानाकर्षण



अनिल खत्री
४ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल मोबाइल व्यवसायी संघ गुल्मीले विभिन्न माग सहित सरकारको ध्यानाकर्षण गराएका छन् । जिल्लाका व्यवसायीहरु मिलेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा मर्मत गरिएको मोबाइल फोन खरीद विक्रीको अनुमति, पुरानो मोबाइल फोन खरिद–विक्री प्रक्रियाको सरलीकरण, मोबाइल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा लगायतका माग राखी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।नेपाल मोबाइल व्यवसायी संघले नेपालमा मोबाइल फोनको व्यवसाय सुधारको लागि उक्त मागहरु महत्वपुर्ण रहेकोले यसलाई सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रममा समावेश गरि व्यवसायीहरुको मागलाई सम्बोधन गर्न अनुरोध गरको छ ।

नेपाल मोबाइल व्यवसायी संघ पहिलो चरणको कार्यक्रम अन्तर्गत देशभरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । कार्यक्रम अनुसार प्रदेश सरकार र केन्द्रीय सरकारलाई पनि चरणबद्ध रुपमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो