गुल्मी: पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड अत्यधिक बढेको छ। राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि एकै दिन ३ सय बढीले सेवा लिएका छन्।
यो सेवा अहिलेसम्मकै धेरै हो । सरदर ४० देखि ८० जनासम्मको क्षमता रहेको प्रशासन कार्यालय गुल्मीका आइतबार एकै दिन ३ सय ३ जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायकप्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । जसमध्ये १३७ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि विवरण दर्ता गराएका छन् । १५१ जनालाई परिचयपत्र वितरण गरिएको छ । १५ जनाले विवरण त्रुटी भएकाले सच्चाउने काम गरिएको गैरेले बताए ।
फागुन २७ गतेदेखि ३ दिनसम्म राष्ट्रिय परिचयपत्रको सर्भरमा समस्या देखिएर अबरुद्ध बनेको थियो । आइतबारबाट सुचारु भएपछि प्रशासन कार्यालयमा अत्यधिक बढेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा पछिल्लो केहि दिन यता एक सातामा १ हजार ३ सय बढीले राष्ट्रिय परिचयपत्रका लागि सेवा लिन आउने गरेका छन् । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएपछि परिचयपत्र बनाउने संख्या बृद्धि भएको छ ।
अहिले प्रशासन कार्यालयमा ३ वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ । तर अहिले दोब्बरले संख्या बृद्धि हुँदा सेवा ग्रहीलाई पनि समस्या हुने गरेको छ । जिल्लामा करिब ८० हजार बढीलाई राष्ट्रिय परिचयपत्र वितरण भएको छ । जिल्लामा हालसम्म २ लाख १० हजार बढीले राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि विवरण दर्ता गराएका छन् । त्यसमध्ये १ लाख ८९ हजार को राष्ट्रि परिचयपत्र बनेर आएको छ ।
राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचाहन सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान(श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन् ।
जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ ।
परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाइँसराइको गरेको हकमा बसाइँसराइको सक्कल कागजपत्र चाहिन्छ । राष्ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर प्रशासन कार्यालयमा आउनुपर्ने हुन्छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |