Awareness Campaign

मुसिकोट-८ द्वारा आयोजित भलिबल तथा सांस्कृतिक कार्यक्रम सुरु



हुकुम थापा
२ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी: ‘खेल स्वास्थ्यका लागि, स्वास्थ्य जीवनका लागि’ भन्ने नाराका साथ गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.८ द्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक तथा परम्परागत प्रर्दशनी कार्यक्रम सुरु भएको छ।

३ दिने कार्यक्रम अन्तर्गत कार्यक्रमको पहिलो दिन मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्री क्षेत्रीले प्रादेशिक रेफ्रीद्वय नविन छन्त्याल संगै राजु गाउँलेलाई भलिबल हस्तान्तरण गरी खेलको उद्घाटन भएको छ।

भलिबल प्रतियोगिताका लागि १६ टिमको सहभागिता रहेको छ। आज पहिलो चरणको पहिलो खेल चन्द्रसूर्य युवा क्लब, भेडुवा र सरस्वती युवा क्लब, पुराना गाउँ बिच सम्पन्न भएकोमा सरस्वती युवा क्लब विजयी भएको खेल संयोजक नविन छन्त्यालले बताउनुभयो। खेल भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ।

Forest
Forest
Ad.

भलिबल प्रतियोगिताका प्रथम र द्वितिय हुने समूहलाई क्रमशः नगद रु. ३३,०००/- र रु. २०,०००/- र कप, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ। कार्यक्रममा भलिबल प्रतियोगिता संगै विविध सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन हुनेछन्। नौमती बाजा, सोरठी, लोपोन्मुख हेम्फै नाच, भजन आदीले कार्यक्रममा रौनकता थप्ने आयोजकको भनाई छ। सांस्कृतिक झाँकी प्रदर्शन संगै स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहने बताईएको छ।

कार्यक्रमको अन्तिम दिन ३ गते मुसिकोट नगरपालिकाका मेयर जीवलाल खरेलको उपस्थिति रहने बताईएको छ। कार्यक्रममा कृषि उपजको प्रदर्शनी पनि गरिनेछ।

कार्यक्रममा वडा कार्यालयका कर्मचारी संगै वडावासी तथा खेलप्रेमी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो