गुल्मी: देशका पहाडी र हिमाली क्षेत्रमा आज फागु अर्थात होली पर्व मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ। आज बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ।
वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन रहँदै आएको छ ।
हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।
शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ।
बुधबार जिल्ला प्रशासन कार्यालय गुल्मीले सुचना प्रवाह गर्दै होली पर्व सभ्य, प्रेमभावका साथ मनाउन अपिल गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले होली पर्व सांस्कृतिक पर्व भएकोले यसलाई सोही अनुरुप बनाउन आग्रह गरेका छन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |