गुल्मी: गुल्मी जिल्लाको मदानेमा नाम थर वतन नखुलेको एक जना पुरुषको शव फेला परेको छ। जिल्लाको मदाने गाउँपालिका वडानम्बर-४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा अन्दाजी २५/ ३० वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दिपक केसीको कमान्डमा प्रहरी खटिएको छ । शव कस्को र के कारणले मृत्यु भएको भन्ने बारेमा खुलेको छैन् । बेवारिसे अवस्थामा फेला परेको शवको पहिचानको लागि सबै तिर खबर गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |