Awareness Campaign

घर आगलागी हुँदा जाजरकोटमा बालकको मृत्यु



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

जाजरकोट, फागुन २६: गएराती जाजरकोटका एक परिवारको घरमा आगोलागी हुँदा त्यस परिवारका १२ बर्षीय बालकको जलेर मृत्यु भएको छ। जिल्लाको कुशे गाउँपालिका ग्राक्लीका जनक रोकायाको घरमा आगोेलागी हुँदा उनका १२ बर्षीय छोरा अम्मर रोकायको जलेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले पठाएको विवरण अनुसार गएराती करिब १२ बजेको समयमा रोकायको खरले छाएको घर चुलोमा बालेको आगो एक्कासी सल्किन गई घर जलेको र सुतिरहेका बालक अम्मरको घटनास्थल मै मृत्यु भएको सुचना पाउन साथ प्रहरी चौक पेंंकबाट प्रहरी सहायक निरीक्षक कालिराम थारुको कमाण्डमा तिन घण्टाको पैदल यात्रा गरी घटना स्थलमा विहानपख पुगेको थियो।

प्रहरीले मृतक बालको पोष्टमार्टम गर्न अस्पताल पुर्याउनुका साथै एक लाख २५ हजार क्षति भएकोर बिहान सवा ४ बजे तिर आगो पुर्ण रुपमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुचुल्का लगायतको विवरण बिहान ६ बजे पुर्याएको थियो। घटनास्थल जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ४८ किलोमिटर उत्तरमा पर्ने प्रहरीले जनाएको छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →