Salime Malika Krishi Farm

Awareness Campaign

गलकोट उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Awareness

Place for ads

गलकोट : गलकोट उद्योग वाणिज्य संघ गलकोट नगर समितिको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख भरत शर्मा गैरेले देशको अर्थनीतिमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ। उहाँले आम नागरीकसंग प्रत्यक्ष रुपमा उद्योग वाणिज्य संघ जोडिएको हुँदा आफ्नो नीति र नियम भित्र रहेर काम गर्नुपर्ने बताउनुभएको थियो। गैरेले नागरिकले व्यवासायीलाई हेर्ने नकारात्मक दृष्टिकोणलाई मेट्दै नागरीक प्रतिको विश्वास जितेर आर्थिक क्रियाकलापमा संलग्न हुनुपर्ने बताउनुभएको छ।

उहाँले गलकोट नगरपालिकाले उद्योग वाणिज्य संघ संग समन्वय गरेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संगसंगै रहेर नागरीकको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो।

कार्यक्रममा संघका कोषाध्यक्ष दिलीप श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश सदस्य दयाराम पौडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कडेँल, ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्र शेरचन, नेपाली कांग्रेसका गलकोट नगर सभापती विरजंग भण्डारी, नेकपा एमाले गलकोट नगरका कार्यवाहक अध्यक्ष ईश्वर बोहोरा, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क बहादुर पाण्डे र नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रम गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र कुमार श्रेष्ठको अध्यक्षता सहसचिव श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो। त्यस्तै गलकोट उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आगामी आईतबार बिहान १० बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिका संयोजक देवेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो