Awareness Campaign

गुल्मी बडागाउँका युवा समाजसेवी सिंहको निधन



प्रेम सुनार
३ हप्ता अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नंबर ४ साविक बडागाउँ गाविस काभलाका युवा समाजसेवी किरण सिंह ठकुरीको अल्पायु मै निधन भएको छ। गाउँमा राजमान सिंहका नामले परिचित सिंहको फागुन २० गते चन्द्रकोट गाउँपालिका-४, को शान्तिपुरमा ४१ बर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस मुसिकोट वडा कार्यसमिति सभापति गुप्त बहादुर कार्कीले जानकारी दिए।

त्यस वडा कार्य समिति सचिव तथा क्षेत्रीय प्रतिनिधि समेत रहेका सिंह शान्तिपुर स्थित चक्रेश्वर इङ्ग्लिश बोर्डिङ स्कुलमा पढाउने गरेको र त्यही क्रममा सिंहको निधन भएको कार्कीले बताए। उनका अनुसार सिंहलाई उच्च रक्तचापको बिमार थियो।

सिंह परिवार निकै पुरानो समाजसेवी परिवार हो। सिंहका ठुला बुवा चिना बहादुर सिंह ठकुरी तत्कालीन बडागाउँ पञ्चायतको धेरै पटक प्रधानपञ्च थिए। बाबु जुक्त बहादुर सिंह ठकुरी पनि पुराना समाजसेवी हुन। किरण सिंह सहित सिंहका दुई छोरा र दुई छोरी छन। स्वर्गीय सिंहका श्रीमति र एक छोरी छन। काङ्ग्रेस वडा सभापति कार्कीले यसरी शोक व्यक्त गरेका छन:

Forest
Forest
Ad.

‘नेपाली कांग्रेस वडा कार्य समितिका सचिव तथा क्षेत्रीय प्रतिनिधि श्री किरण सिंह ठकुरी (राजमान सिंह) को यही मिति २०८१ साल फाल्गुन २० गते ४१ वर्षको उमेरमा अल्पायुमै भएको अकस्मात निधनले सिंगो नेपाली कांग्रेस बडागाउँ स्तब्ध भएको छ। दुखद निधनको यस घडीमा अमर आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ। साथै शोकाकुल परिवारजन, दाजुभाई, छरछिमेक, आफन्तजन, साथीभाई तथा सम्पूर्ण इष्टमित्रहरुमा दुःख कष्ट सहने क्षमता ईश्वरले प्रदान गरुन भनी गहिरो समवेदना प्रकट गर्दछौँ।’

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →