Clean Water Campaign

Awareness Campaign

गल्कोटमा सिप विकास तालिम सम्मन्न



लालु प्रसाद गैरे
५ महिना अगाडि


Awareness

Place for ads

– लालु प्रसाद गैरे/छविलाल सुवेदी 
फागुन १८, गल्कोट: बागलुङको गल्कोट नगरपालिका वडा नम्बर ५ मा १५ दिने फेन्सी तथा बुटीक चप्पल निर्माण सम्बन्धी सिप विकास तालिम सम्पन्न गरिएको छ। उक्त तालिम अवधिभर महिलाहरुले सिप सिक्नुका साथै आफैमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो।

विशेष गरी गलकोट नगरपालिकाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित १५ दिने फेन्सी तथा बुटीक चप्पल निर्माण सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको हो। १५ जना महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा गल्कोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले महिलाहरु पनि सिप सिकेर आत्मनिर्भर बन्नु पर्ने र समाजको विकासमा अगाडी बढ्नु पर्ने बताउनु भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो