बाबुराम महत
इस्मा , फागुन – १६ । गुल्मीको इस्मा गाउँपालिका -४ को हुलामा मगर समुदायको बाहुल्य रहेको र उनिहरुको जातिय भाषा संरक्षणका लागि त्यस पालिकाले एक लाख बजेट छुट्याउने त्यस वडाका वडाध्यक्ष राजु बस्नेतले प्रतिबद्धता जनाउनु भएको छ ।
हिजो त्यस गाउँमा आयोजित ४३ औ मगर दिवसको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष बस्नेतले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
त्यस्तै उहाँले कल्यारका गुरुङ्ग समुदायको माघे संक्रान्ती पर्व व्यबस्थापनका लागि पनि वडाले एक लाख बजेट छुट्टाएको बताउनु भएको थियो ।
कार्यक्रममा वडा सदस्य राम बहादुर बस्नेत , नेपाल मगर संघका जिल्ला सदस्य भोला सिंह थापा जनजाति महासंघ इस्मा गाउँपालिका अध्यक्ष मन बहादुर दर्लामी लगाहतका विशेष अतिथिहरुले पनि शुभकामना मन्तव्य राखेका थिए ।
जिल्लाका १२ वटा पालिका मध्ये ७ वडा पालिकाले यश बर्षको मगर दिवसमा सार्वजनिक बिदा दिए तर इस्माले दिएन । यसर्थ कार्यक्रमका बक्ताहरुले आगामी बर्ष देखि इस्मा पनि बिदा मागका लागि आफुहरुले पहल गर्ने बताएका थिए ।
कार्यक्रममा मगर समुदायको मौलिक सास्कृती , भेषभुषा , परिकारहरु सहित भव्य भव्य मनोरंजन समेत गरिएको थियो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |