Clean Water Campaign

Awareness Campaign

गुल्मीका सात पालिकामा आज सार्वजनिक बिदा



रमेश विश्वकर्मा
६ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, फागुन १५ गते: गुल्मीका सात पालिकाले आज (बिहीबार) सार्वजनिक बिदा दिएका छन्। दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका सात पालिकाले सार्वजनिक सूचना जारी गरी ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर आज सार्वजनिक बिदा दिएका हुन्।

यस जिल्लाको रेसुङ्गा नगपालिका, कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र मालिका गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा गाउँपालिका कार्यालय, आफू मातहतका कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत सङ्घ संस्थाहरुमा बिदा दिएका दिएका छन् । राष्ट्रिय मगर दिवसको अवसरमा हुने विभिन्न मेला तथा सांस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन जरुरी रहेको बताइएको छ।

जिल्लाका विभिन्न स्थानमा मगर समुदायले आफ्नो मगर संस्कृति, परम्परा र गरिमा झल्काउने विविध कार्यक्रमहरु गर्ने भएका छन्। तम्घासमा नेपाल मगर महिला संघ र कोब्रा युवा समूहको संयुक्त आयोजनामा मौलिक खानाहरुको साथमा विविध सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो