गुल्मी: गुल्मीको रेसुङा नगरपालिका-८, तम्घास खानीगाउँ स्थित खुकुरी युवा क्लबको अध्यक्षमा निशान टन्डन सर्वसम्मत चयन भएका छन। क्लबको प्रथम अधिवेशनबाट टण्डनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
शनिबार सम्पन्न अधिवेशनबाट क्लबको उपाध्यक्षमा विशाल श्रीस, सचिवमा रामु पछाइ, सहसचिवमा अमन श्रेष्ठ र प्रमोद बस्नेत र कोषाध्यक्षमा वर्षा थापा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक इश्वर विश्वकर्माले जानकारी दिए।
सदस्यहरुमा समीर सारु, साइमन थापा, सन्ध्या विष्ट, आशिष बस्नेत र सुसन घर्तीमगर निर्वाचित भएका छन। निवर्तमान अध्यक्ष सन्दिप भलामी पदेन सदस्य रहेका छन्। निर्वाचन समितिमा नारायण आचार्य, नारायण श्रीस, भावना थापा र सागर श्रीस रहेका थिए। क्लबले खेलकुद प्रतियोगिता सहित विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |