Awareness Campaign

गुल्मीमा बिरामी बोक्ने एम्बुलेन्स आफै थला



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीमा बिरामी बोक्ने १८ वटा एम्बुलेन्स आफैँ बिरामी भई थलिएर बसेका छन् । त्यी मध्येको एउटा उदाहरण हो भारतीय भूपू सैनिक कल्याणकारी समिति तम्घासद्वारा सञ्चालित लु. १ च. ३३६१ नम्बरको एम्बुलेन्स।

गुल्मी जिल्लाको रेसुङगा नगरपालिका वडा नम्बर ८ को मुख्य सडक छेउमै लामो समयदेखि भारतीय भूपू सैनिक कल्याणकारी समिति तम्घासद्वारा सञ्चालित सो एम्बुलेन्स थला परेर बसेको छ । लामो समयदेखि थला परेर बसेको एम्बुलेन्सलाई सञ्चालनमा ल्याउनका लागि सरोकारवाला निकाय देखेको नदेख्यै गरी आँखा चिम्लेर बस्ने गरेका छन् ।

भारत सरकारद्वारा उपहारको रूपमा प्रदान गरिएको र नेपाल सरकारबाट राजस्व छुट सुविधाबाट ल्याइएको उक्त एम्बुलेन्स यसै बेवारिसे जस्तै भएर सडकको एक छेउमा थन्किएर बसेको छ । सबैको नजर पुग्ने स्थानमा यसरी लामो समयसम्म बेवारिसे जस्तै बनेर एम्बुलेन्स बस्नु दुःखद भएको यहाँका स्थानीयहरू बताउछन् ।

Forest
Forest
Ad.

यो त सदरमुकाम तम्घासमा रहेको एउटा उदाहरण मात्रै हो । गुल्मी जिल्लामा रहेका १८ वटा एम्बुलेन्स यसैगरी थला परेर बसेका छन् । गुल्मी जिल्लामा रहेका कुल ५६ वटा एम्बुलेन्समध्ये ३८ वटा एम्बुलेन्स मात्र सञ्चालनमा रहेको संयुक्त एम्बुलेन्स चालक सङ्घ गुल्मीका अध्यक्ष मोहन केसीले जानकारी दिनुभयो , बाँकी १८ वटा एम्बुलेन्स यसै थलिएर बसेको उहाँको भनाइ छ । जिल्लामा विभिन्न सङ्घसंस्थाहरूबाट सञ्चालनमा रहेका एम्बुलेन्सहरू आर्थिक अभावका कारण मर्मत गर्न नसकी यसै थलिएर बसेको उहाँले बताउनुभयो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले एम्बुलेन्स ल्याउनेमा मात्र प्रतिस्पर्धा हुने गरेको टिप्पणी गर्नुभयो । एम्बुलेन्स ल्याउनेमा मात्र प्रतिस्पर्धा हुने गरेको बताउँदै दिगो रूपमा सञ्चालन गर्नका लागि कसैको ध्यान नपुग्ने गरेको उहाँको तर्क छ । जसका लागि स्थानीय सरकार र सरोकारवालाहरूले बेलैमा ध्यान दिनुपर्नेमा पाण्डेले जोड दिनुभयो ।

लु. १ च. ३३६१ नम्बरको एम्बुलेन्सलाई मर्मत गरी सञ्चालनमा ल्याउन नसकी यसै बसेको भारतीय भूपू सैनिक कल्याणकारी समिति तम्घासका सदस्य लीलबहादुर बस्नेतले जानकारी दिनुभयो । एम्बुलेन्सको इन्जिन बनाउन नसकिएको र पाल्पा मिसन अस्पताललाई दिने गरी समितिले तयारी गरेको उहाँको भनाइ छ। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो