Awareness Campaign

‘छोरीलाई भावनात्मक ‘ब्ल्याकमेल’ गरेर आत्महत्या गर्न बाध्य पारियो’



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

काठमाडौँ: ‍भारतको ओडिसास्थित कालिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालका बावुले ‘ब्ल्याकमेल’ गरेर छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको प्रतिक्रिया दिएका छन्। भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै बावु सुनिलले यस्तो बताएका हुन्।

‘हामीलाई थाहा छ अनुसन्धान चलिरहेको छ। पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ,’ उनले भने, ‘तर हामीलाई थाहा छ यसलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको हो।’

लम्सालले युनिभर्सिटी प्रशासनसँगको छलफलको सन्दर्भमा थप भने, ‘हिजो युनिभर्सिटी प्रशासनमा छलफल भयो केही निष्कर्ष भने निस्किएन। तर प्रहरी र क्याम्पस प्रशासनले सहयोग गरिरहेका छन्।’

Forest
Forest
Ad.

त्यस्तै उनले आफ्ना छोरा पनि यहीँ पढ्ने र उसले नै घटनाबारे प्रहरी र प्रशासनलाई जानकारी गराएको बताए। एक जनालाई पक्राउ गरिएको र त्यो व्यक्ति नै घटनाको मूल कारण भएको उनको आरोप छ।

‘छोरीको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको छ,’ उनले भने, ‘प्रहरी र स्थानीय सरकारले सहयोग गरिरहेका छन्।’

तर उनले युनिभर्सिटीले विद्यार्थीहरूलाई क्याम्पस छोड्न भनिएको विषयमा आपत्ति जनाए। ‘विद्यार्थीलाई क्याम्पस छोड्न भनिनु उचित होइन। हामीलाई न्याय चाहिएको छ,’ उनले भने।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई हिरासतमा लिएको जनाएको छ। नेपाली समुदायले पनि परिवारप्रति सम्वेदना व्यक्त गर्दै न्यायको माग गरेको छ। सरकारले पनि घटनाबारे कूटनीतिक पहल गरिरहेको जनाएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो