काठमाण्डौ , फागुन – ४ । नेकपा एकीकृत समाजबादिको अर्घाखाँची – काठमाडौँ सम्पर्क मन्चको बृहत् बनभोज तथा विभिन्न कार्यक्रम काठ्माण्डौमा सम्पन्न भएको छ ।
थानकोट स्थित त्रिभुवनपार्क भएको कार्यक्रममा नेकपा एसका पोलिटब्युरो सदस्य मोहन गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहईन्चार्ज सुशिल भट्टराई, केन्द्रीय लेखा आयोग सदस्य सुनिता भुसाल बेल्बासे, उपत्यका विशेष प्रदेश कमिटी उपसचिव जमुना सोनम, जिल्ला कमिटि उपसचिव नारायण शर्मा लगायतले मन्तव्य राखेका थिए ।
चर्चित कलाकार राजु सोनम, कलाकार सुमन थापा, सनु रास्कोटी, मोडल तथा डान्सर विना विश्वकर्माले भरपुर मनोरञ्जन दिएका थिए ।
बनभोज कार्यक्रममा कुर्चिदौड प्रतियोगिता पनि राखिएको सम्पर्क मन्चका सहसचिव विशाल पौडेलले जानकारी दिए ।पहिलो चरण बाल कुर्सि दौड प्रतियोगिता
प्रायोजक अर्घाखाँची पाणेनि गाउँपालिका ६ धातिबाङ्गका टेकनारायण पौडेल रहेका थिए ।
पहिलो चरणमा पृस बिष्ट प्रथम भएका छ्न । अभिनव भट्टराई द्धितिय र इभाना थापा तृतीय भएका छ्न । दोस्रो चरण महिला कुर्सि दौड प्रतियोगितामा अन्जना बेल्बासे प्रथम, शिला बेल्बासे द्वितीय र आंशिक खड्का – तृतीय भएकी थिईन ।
सुशील भट्टराईले प्रथम पुरस्कार प्रायोजन गरेका थिए ।
.केशव थापाल्र – द्वितीय पुरस्कारको र लुम्बिनी तन्दुरी बबरमहलका संचालक सुधन गौरेले तृतीय पुरस्कार प्रायोजन गरेका थिए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










