काठमाडौं: वामी विश्व सम्पर्क मन्च काठमाडौं शाखाले आयोजना गरेको वनभोज कार्यक्रम गोदावरी, ललितपुरमा भव्य र सभ्य रूपले सम्पन्न भएको छ। गुल्मी जिल्लाको मुसिकोट न.पा. वडा नं. ७ र ८ (साविकको वामी गाविस) मा जन्मे-हुर्केका, अध्ययन-अध्यापन गरेका र हाल विभिन्न पेसा, व्यवसाय र बसोबास गर्नुहुने वामेली मन र महानुभावहरूको गरीमामय उपस्थितिमा वनभोज कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वयोवृध बुवा ८० वर्षीय तारानाथ सापकोटा र ७५ वर्षीय डम्बर सिंह ठकुरीको सम्मान र कलाकारहरू कमल बराल, वीर ब. विश्वकर्मा, रमेश विश्वकर्मा र माया सर्तुंगेलाई सम्मान, विशेष प्रस्तुति र दोहोरी गायन रहेको थियो। कार्यक्रममा नाचगान र विभिन्न रमाइला प्रतियोगितात्मक खेलहरू पनि भएका थिए।
महिलाहरूको कुर्ची रेस प्रतियोगितामा नारायणी खरेल प्रथम हुनु भएको थियो र पुरूषहरूको कुर्ची रेस प्रतियोगितामा समुन्द्र काफ्ले प्रथम हुनु भएको थियो। वामी-विश्व सम्पर्क मञ्च, काठमाडौं शाखाका अध्यक्ष वेद प्रसाद लोहनीले भन्नुभयो, ‘वनभोज कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्नुहुने खगेश्वर सापकोटा, कार्यसमितिका साथीहरू, विभिन्न उप-समितिमा रहेर अहोरात्र खट्नु हुने साथिहरू प्रति अध्यक्षको हैसियतले हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु। साथै वनभोज कार्यक्रम सम्पन्न गर्न रचनात्मक सुझाव-सल्लाह दिनु हुने काठमाडौं शाखाका सल्लाकारहरू प्रति पनि कृतज्ञता व्यक्त गर्दछु।’
कार्यक्रम भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराउनु भएको थियो।
आर्थिक सहयोग उपलब्ध गराउने महानुभावहरु निम्नानुसार हुनुहुन्छ:
वेद प्रसाद लोहनीले रु. १०,०००/-
राम के.सी. रु. ५,०००/-
कृष्ण सापकोटा रु. ५,०००/-
बाबुराम सापकोटा रु. ५,०००/-
डा. ज्ञान ब. थापा रू. २,०००/-
डा. तारा प्र. सापकोटा रू. १,०००/-
नर ब. काउछा (मनेवा) रू. ५,०००/-
इ. विकास श्रेष्ठ रु. १,०००/-
खठ्क ब. खराल रु. १०००/-
नर ब. रायमाझी (भुवाचिदी) रु. २,०००/-
होमनाथ सापकोटा रु. १,०००/-
बुद्धि प्र. खराल रु. १,०००/-
यो रकम कार्यक्रम व्यवस्थापन गर्नको लागि अपुग रकममा खर्च गरिने बताइएको छ। अध्यक्ष लोहनीले सहयोगी व्यक्तित्वहरुलाई कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। उहाँले वनभोज कार्यक्रममा गरीमामय सहभागि हुनुभएका सम्पूर्ण वामेली मनहरू प्रति पनि हार्दिक धन्यवाद र आभार व्यक्त गर्नुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |