Awareness Campaign

मुसिकोटमा भईरहेको व्यथितिबारे छानविन गर्न नेपाली काँग्रेसको माग



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

गुल्मी: नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति गुल्मीले मुसिकोट नगरपालिकामा भईरहेको विभिन्न व्यथितिहरुबारे छानविन गर्न प्रतिपक्ष सहितको छानविन समिति गठन गर्न माग गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई लिएर विभिन्न विषयहरु उठान भईरहेको र जसले अनियमिततालाई छर्लङ्ग पारेको भन्दै काँग्रेसले बिहिवार एक विज्ञप्ति जारी गर्दै ती विषयहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी सभापति झविलाल भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा कुनै पनि विषयमा क्रिया प्रतिक्रिया उठेपछि स्थानीय सरकारले त्यसको जवाफ दिनुपर्ने भएपनि मुसिकोट नगरपालिकाले भने त्यसलाई झनै आलटाल गर्न खोजेको आरोप समेत लगाईएको छ ।

Forest
Forest
Ad.

सरकार माथि प्रश्न उठेपछि त्यसको जवाफ दिनुपर्ने ठाउँमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकामा समेत उक्त विषय उठान गर्दा स्थानीय सरकारको तर्फबाट कुनै पनि गतिविधि अगाडी नबढाउनु दुःखद रहेको विज्ञप्तिमा लेखिएको छ ।

नेपाली काँग्रेसले पटक पटक डेलिगेशन मार्फत यी विषयहरुका बारेमा जानकारी गराउँदा पनि सरकार रमिते मात्रै बनिरहेको भन्दै विज्ञप्ति मार्फत यी र यस्ता गतिबिधिहरु बढ्ने र त्यसको मौन समर्थन मात्रै गरिरहे नेपाली काँग्रेस हेरेर मात्रै नबस्ने चेतावनी समेत दिईएको छ ।

विज्ञप्ति मार्फत सामाजिक सञ्जालमा उठिरहेका तमाम विषयहरुका बारेमा सत्यतथ्य बाहिर ल्याउन अधिकार प्राप्त प्रतिपक्ष सहितको छानविन समिति समेत गठन गर्न काँग्रेसले माग गरेको छ। -जिटिभी नेपाल

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो