Awareness Campaign

रेसुङ्गा नगरपालिकामा विद्यार्थीको वाथ मुटुरोग सम्बन्धी परीक्षण सुरु



अनिल खत्री
१ महिना अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले विद्यार्थीको वाथ मुटुरोग सम्बन्धी परीक्षण गर्न थालेको छ । नगरभित्रका ३ वर्षदेखि १५ वर्षसम्मका ८ हजार बढी विद्यार्थीहरुको निःशुल्क रुपमा मुटु परिक्षण गर्न थालेको छ। रेसुङगा नगरपालिकाको आर्थिक सहयोग र नेपाल हृदय रोग प्रतिष्ठान गुल्मीको आयोजनामा विद्यार्थीहरुको मुटु जाँच गर्न थालिएको हो ।

नगर भित्रका सामुदायीक र संस्थागत गरी उक्त उमेर समूहका आठ हजार बढी विद्यार्थीहरु रहेको र उनीहरुको मुटु जाँच गर्ने कार्यलाई प्राथमिकता दिएको नगर प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । नगरले स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएर काम गरेको बताउँदै यस्तै कार्यहरुलाई निरन्तरता दिदैँ जाने उहाँको भनाइ छ ।

नगरभित्रका विद्यार्थीहरु मुटु रोगको अवस्था थाहा पाउने उदेश्यले यस्तो खालको परीक्षणको शिबिर राखिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख पन्थीले बताउनुभयो । विज्ञ चिकित्सकहरु विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण (स्क्रिनिङ्ग) सुरु गरिएको छ ।

Forest
Forest
Ad.

बालबालिकामा मुटुको समस्या भएर भविस्यामा जटिलता उत्पन्न नहोस भन्ने उदेश्यले विद्यार्थीको मुटु परीक्षण गर्न सुरु गरिएको हो । विद्यालय उम्मेर समूहका विद्यार्थीहरुमा वाथ मुटु रोगको समस्या देखा पर्ने गर्दछ ।

बालबालिकालाइ घाँटी दुख्न, थुक निल्न गाहे हुने, टन्सिल बढ्ने जोर्नी दुख्ने जस्ता समस्याले वाथ मुटुरोग नित्याउन सक्ने भएकाले समयमै यसको उपचार गर्ने उदेश्यले मुटु परीक्षण गरिएको मुटु रोग विशेषज्ञ डक्टर सुमन्त बञ्जाडेले बताउनुभयो । विशेष गरी उक्त उमेर समूहका विद्यार्थीहरुमा यस प्रकारको रोग देखा पर्ने मुटुरोग विशेषज्ञ डाक्टर बञ्जाडेले बताउनुभयो ।

यस उमेर समूहका विद्यार्थीहरु फोहोरमा खेल्ने र सोही प्रकारको खानाले घाँटीमा समस्या हुँदै मुटुमासमेत असर पर्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कोही ब्यक्तिहरुमा जन्मजात नै उक्त रोग देखा पर्ने गरेको पाइएको छ ।

गर्भाअवस्थामा आमाले जान वा अन्जानमा कडा खालका औषधिहरु सेवन गर्ने, धुम्रपान तथा मध्यपान गर्ने, उक्त समयमा बढी तनाव हुने गर्नाले पनि बच्चाको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखा पर्ने गरेको उनले बताउनुभयो । १६ वर्षदेखी माथिको उमेर समूहमा खानपानमा ध्यान नदिनुले उक्त समस्या देखा पर्ने गरेको उहाँको भनाइ छ । रोग लाग्नु भन्दा पनि रोगबाट बच्नका लागि स्वंयम आफै जिम्मेवार हुनु पर्नेमा डक्टर बञ्जाडेले बताउनुभयो ।

Awareness by SKF

महेन्द्र माध्यमिक विद्यालयबाट सुरुवात गरिएको मुटु जाँच कार्यक्रम नगरका सबै विद्यालयहरुमा पुगेर मुटु जाँच गर्ने आयोजकले जनाएको छ । यस अभियानमा गुल्मी मोडल अस्पताललगायत अन्य संघ संस्थाहरुको पनि सहभागिता रहने छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो