Awareness Campaign

सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम



रमेश विश्वकर्मा
१ महिना अगाडि


Place for ads

गुल्मी, माघ २९ गते: गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनसंगै सकारात्मक हरेक कुरामा सक्रिय बनाउन ‘ज्ञानीसँग हाम्रा नानी’ सञ्चालन गरेको छ। विभिन्न क्षेत्रका विशेषज्ञ ल्याएर विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिने प्रयाससहित विद्यार्थीलाई अध्ययनमा आकर्षित गर्न सञ्चालन गरेको यस कार्यक्रमले १२५ औं शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको बताइएको हो।

विद्यालयले विद्यार्थीको सिकाइप्रतिको परम्परागत मान्यतालाई चिर्न नियमित पठनपाठनका अतिरिक्त लामो समयदेखि ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम गर्दै आएको छ। यस कार्यक्रमले विद्यार्थीलाई अध्ययनमा क्रियाशीलसंगै नयाँ विषयवस्तुको जानकारी गराउनुका साथै विद्यार्थीको भविष्य निर्माणका लागि विशेष महत्त्व राख्ने विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले बताउनुभयो।

विद्यार्थीलाई अध्ययनमा आकर्षित गर्न विभिन्न रचनात्मक र सिर्जनात्मक ढङ्गबाट विद्यालयले सञ्चालन ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको १२५ औं शृङ्खलालाई सफल बनाउन प्रमुख वक्ताका रुपमा उपस्थित हुनुभएका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले विगतदेखि वर्तमानसम्मका आफ्ना अनुभवलाई विद्यार्थीमाझ प्रस्तुत गर्दै विद्यार्थीलाई सकारात्मक कुराको सिकाइप्रति रुचि देखाउन आग्रह गर्नुभयो।

Forest
Forest
Ad.

उहाँले विद्यार्थीहरुका लगि नियमित पठनपाठनका अतिरिक्त विद्यालयले लामो समयदेखि निकै राम्रो काम गरेको प्रति उच्च प्रसंशा गर्नुभयो। स्वदेशमै बसेर केही गर्छु भन्ने उद्देश्य लिन विद्यार्थीलाई उहाँले आग्रह गर्नुभयो। सभ्य, आधुनिक, न्यायपूर्ण र पद्धतिमा चल्ने समाज निर्माण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो।

विद्यार्थीहरुलाई असल अभ्यास आदानप्रदान गर्न र लगनशीलताका साथ लाग्न जरुरी रहेको भन्दै उहाँले आफु र आफ्नो देशको माटोलाई माया गर्ने शैक्षिक जनशक्ति तयार पार्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो। विद्यार्थीहरुलाई असल र खराब व्यवहारहरु छुट्टाएर अगाडी बढ्न आग्रह गर्नुभयो।

त्यस्तै, समन्वय प्रमुख खत्रीले समसामयिक विश्वको राजनैतिक परिवेश, विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने क्षेत्रका विषयमा प्रष्ट पार्नुभयो। अहिले प्रविधिको प्रयोग र विकासले विश्वलाई साँघुरो बनाएको भन्दै उहाँले उच्च मनोबलका साथ बौद्धिक प्रतिस्पर्धा र सीपमा दक्षता हासिल गर्न सक्ने नागरिक तयार हुनु अहिलेको आवश्यकता रहेको बताउनुभयो।

‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको १२५ औं शृङ्खलालाई सफल बनाउन विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाअध्यक्ष निरञ्जन काउछा, शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर जीसी, सदस्य विजय शर्मा, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर जीसी लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक टिका खड्काले गर्नुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो