Clean Water Campaign

Awareness Campaign

इस्मामा राष्ट्रपति रनिङ शिल्ड सुरु, खेल महोत्सवको झल्को



सुमन महतारा
५ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । गाउँपालिकाले स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो ।

गाउँपालिकाकाे वडा नम्बर २ काे पालुखा माविकाे खेलमैदानमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले उद्घाटन गरेका हुन । त्यस अवसरमा उनले खेल र खेलाडीको क्षेत्रलाई उच्च प्राथमिकता राखेर आफूहरुले काम गरिरहेको बताए । खेल अनुशासित र सभ्य ढंगले सम्पादित हुने क्षेत्र रहेको भन्दै यहाँबाट उत्पादित खेलाडीले विश्वका हरेक इतिहास रच्न छन् साथै खेलकुद क्षेत्रकाे विकासका निमित्त आफूहरु संवेदनशील भएर प्राथमिकतामा राखेर काम गरेको उनले जानकारी दिएका छन्।

सिंचाई
Forest
Ad.

गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले रास्ट्रपति रनिश शील्डले खेल महाेत्सवकाे झल्काे दिएकाे बताइन् । साथै उनले तत्कालिन समयमा सञ्चालन हुने वीरेन्द्र शिल्डको झल्को दिएको बताइन् । खेल क्षेत्रकाे विकासका निमित्त खेलकुदका कार्यक्रम मात्र नभइ ३ जना खेल प्रशिक्षक नै राखेर खेलकुद क्षेत्रकाे विकासका निमित्त लागि परेको उनले बताइन । त्यस्तै गाउँपालिकाले अहिले खेलकुद क्षेत्रकाे भाैतिक विकासमा ३० वटा खेल मैदान निर्माण समेत गरेका उनले बताइन्।

उद्घाटन समारोहमा विद्यार्थीले आकर्षक रुपमा मार्च पास तथा नृत्य र पालुखा माध्यमिक विद्यालयका विद्यार्थीले पिटि प्रस्तुत गरेका थिए । फाल्गुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रा र छात्र दौड, छात्र र छात्राबच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिबल छात्र र छात्रा, लमजम्प, त्रिपल जम्प, मार्सलआर्ट प्रतियोगिता सञ्चालन हुने बताइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो