Smoking Causes Cancer

गुल्मेली सर्जक खिमानन्द खरेलको मौलिक कौराहा गीत ‘हौ कि खान्दानी’ सार्वजनिक



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको ठुलाखर्कमा जन्मेर सिङ्गापुरमा रहदै आउनुभएका सर्जक खिमानन्द खरेलको नयाँ मौलिक कौराहा गीत ‘हौ कि खान्दानी’ आज युट्युब मार्फत सार्वजनिक गरिएको छ।

खिमानन्द खरेलको शब्द र लिलसुगम छन्त्यालको लय रहेको यस गीतमा प्रसाद खप्तरी मगर र मेलिना राईको स्वर रहेको छ भने बिबी अनुरागीले एरेन्ज गर्नुभएको छ। यस गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ गर्नुभएको हो। उत्कृष्ट सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको सारङ्गी पनि यसमा सुन्न सकिन्छ।

दिप गुरुङले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा शेखर घर्ती मगर र चाहना राना मगरको मुख्य अभिनय देख्न पाइन्छ। यस म्युजिक भिडियोलाई रेभान्स म्युजिक नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सिंचाई
Forest
Ad.

विदेशमा रहेर पनि नेपाली मौलिक लोकभाका र संस्कृतिको उत्थानमा समर्पित खरेलका यस अघि थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन्। उहाँका हरेक सिर्जनामा मौलिकता र देशप्रेम झल्किन्छन्। व्यावसायिकता भन्दा मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन आफ्नो प्राथमिकता रहेको ओझेलका खबर डटकम संगको कुराकानीमा सर्जक खरेलले बताउनुभयो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो