Smoking Causes Cancer

वर्तमान सरकार ढल्छ: डा. स्वर्णिम वाग्ले



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्। उनले संघीय संसद अन्तर्गत शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठमा बोल्दै उनले सो कुरा बताएका हुन्।

साथै उनले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको बताए । रवि लामिछानेको निलम्बनप्रति उनले आपत्ति जनाउँदै निलम्बन फुकुवाको माग गरे ।

बैठकमा बोल्दै उनले न्यायीक आयोग गठन गरेर राजकीय पद ग्रहण गरेका नेताहरुको सम्पत्त छानविन हुनुपर्ने समेत बताए ।

सिंचाई
Forest
Ad.

सभापति रवि लामिछानेको निलम्वन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने समेत उनले चेतावनी दिए । उनले संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको बताउँदै रास्वपाले यसको कानूनी निदान खोज्ने बताए ।

विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्वीकार्ने, खिसिट्युरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गरे । उनले आफूहरुले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्वन फुकुवा नगरे सदन चल्न नदिने संकेत गरे । उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेस गर्न आग्रह समेत गरे ।

यस्तै चलनचल्तीका काण्डहरुको छिनोफानो गर्नुपर्ने समेत उनको भनाई थियो । दुई तिहाईको सरकार एउटा व्यक्तिमा केन्द्रित भएको उनले बताए । वाग्लेले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो