अनिल खत्री, गुल्मी: नेकपा एमाले गुल्मीद्धारा ७५ वर्ष माथीका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ अर्जै वडा कमिटीद्वारा ७५ वर्ष माथिका ११५ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको नेकपा एमाले मालिका गाउँकमिटी अध्यक्ष शोभाखर गिरीले बताए ।
ज्येष्ठ नागरिकलाई गुल्मी क्षेत्रनम्बर–२ का सघिए सांसद गोकर्ण बिष्टले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । समाजमा लामो समयसम्म उहाँहरुले गर्नु भएको योगदानको कदर स्वरुप ज्येष्ठ नागरिकलाई सम्मान गरिएको गिरीले बताए ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सांसद बिष्टले यस्ता सम्मानका कार्यक्रमले उहाँहरूको योगदान र परिश्रमलाई सम्मान गर्दै समाजमा कदर र आदरको वातावरण सिर्जना गर्ने बताए । वृद्धावस्थामा मानसिक र भावनात्मक समर्थनको आवश्यकता बढी हुन्छ बिष्टले भने, ‘सम्मानको माध्यमले उहाँहरूको आत्मविश्वास र खुशी बढाउँछ ।’
ज्येष्ठ नागरिकलाई सम्मान गरेर समाजमा उनीहरूको भूमिका र पहिचान अझ प्रगाढ बनाउने बिष्टले बताए । सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थी लगायत एमालेका जिल्ला स्तरीय नेताको सहभागिता रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







