Clean Water Campaign

Awareness Campaign

नेपालमा अमेरिकी अनुदानका सबै कार्यक्रम निलम्बित



ओझेलका खबर संवाददाता
७ महिना अगाडि


Awareness

Place for ads

काठमाडौं: नेपालमा अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा सञ्चालित अनुदानमा सञ्चालित कार्यक्रम निलम्बित भएका हुन्।

नेपाल सरकारसँग ५ बर्रषे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (युएसएआईडी)ले अर्थ मन्त्तालय, गैरसरकारी संस्था र गैरनाफामूलक कम्पनीलाई पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि निलम्बित भएको जानकारी दिएको हो।

यूएसएआईडीले शनिबार अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मालाई सम्बोधन गरेर पत्र लेखेको छ । पत्रमा अमेरिकी अनु्दानमा सञ्चालनमा रहेका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।

सिंचाई
Forest
Ad.

‘युएसएआईडी/नेपालको सम्झौता, अनुदान, सहकार्य सम्झौता र अनय सहायता उपकरणअन्तर्गतका कार्यक्रम तत्काल रोकिएका/नलिम्बित भएका छन्’ पत्रमा भनिएको छ, ‘युएसएआईडी नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यत: चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको जानकारी गराइन्छ।’ पत्रमा राष्ट्रपसित ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिले ९० दिनका लागि अनुदान निलम्बन गरिएको र त्यसपछि के हुन्छ भन्ने उल्लेख नभएको बताइएको छ।

अमेरिकाले सन् २०२३ मा १ सय ७६ देशलाई ६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग गरेको थियो । अमेरिकाले अनुदान दिने मुलुकको सूचीमा नेपाल १६ औं स्थानमा छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो